होसियार , रक्सि खानेहरु

२०७० बैशाख १९ गते, बिहीबार


काठमाडौं । जिल्ला प्रहरी कार्यालय पर्वतले जिल्लाका विभिन्न ठाउँहरुबाट बरामद २० हजार लिटर रक्सी नियन्त्रणमा लिई नष्ट गरेको जनाएको छ। जिल्लाको डिमुवा बजार र आसपासको क्षेत्र, सदरमुकाम कुश्मा बजार र मालढुङ्गाबाट गैर कानुनी रुपमा बनाइएको सो रक्सी नष्ट गरिएको थियो। प्रहरीले मरेका मुसा, महिलाले लगाउने कपडाका साथै खसीबोकाका, भैंसी राँगाका आन्द्राहरु जस्ता सडेका वस्तुहरु राखेर बनाइएको करिब २० हजार लिटर घरेलु मदिरा प्रहरीले नष्ट गरेको हो ।

स्थानीय व्यावसायिहरुले बनाएको लोकल रक्सीलाई झम्म पार्ने बनाउन मरेका मुसा, महिलाले लगाउने कपडाहरु, खसीबोकाका आन्द्राहरु जस्ता सडेका वस्तुहरु नष्ट गरिएको रक्सीमा भेटिएको थियो।बुधबार जिल्ला प्रहरी कार्यालय पर्वतले जिल्ला प्रशासन कार्यालय र पत्रकारको रोहबरमा अबैध रुपमा बनाइएको मानव हानिकारक मदिरा नष्ट गरिएको हो। जिल्लामा अबैध रूपमा व्यावसायिहरुले बनाएको घरेलु रक्सी नियन्त्रणमा लिएर निर्मुल पार्ने अभियानमा लागेको प्रहरीले सदरमुकाम लगायत गाँउ–गाँउमा प्रहरी तथा आमा समुह परिचालन गरी नियन्त्रण गर्ने प्रहरीले जनाएको छ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

मनसुन क्रमशः कमजोर बन्दै

२०८२ आश्विन २२ गते, बुधबार

आजको मौसम पूर्वानुमान

२०८२ आश्विन २१ गते, मंगलवार

मनसुन नेपालबाट बाहिरिन सुरु

२०८२ आश्विन २० गते, सोमबार