असारदेखि दुइ रङका ग्यास सिलिण्डर
काठमाडौँ । आउँदो असार १ गतेदेखि खाना पकाउने ग्याँसको दुइथरि सिलिण्डर लागू हुने भएको छ । असार १ गतेदेखि घरायसी प्रयोजनका लागि रातो र व्यवसायिक प्रयोजनका लागि नीलो रङका सिलिण्डर प्रयोगमा ल्याइने नेपाल आयल निगमका प्रवक्ता शिव पुडासैनीले जानकारी दिए । यसअघि फागुनदेखि दुइथरि ग्यासको व्यवस्था लागू गर्ने भने पनि व्यवसायीसँग कुरा नमिनेलपछि रोकिएको थियो । अहिले आपूर्ति मन्त्रालयलगायत सरोकारवाला सबै सक्रिय भएकाले दुइथरि ग्याँस सिलिण्डर लागू गर्ने तयारी गरिएको आयल निगमले जनाएको छ । आयल निगमले र्सार्वजनिक सूचना निकाली जेठ मसान्तसम्म आवश्यक प्रक्रिया पूरा गर्न सरोकारवाला सबैलाई आग्रह गरेको छ । निगमले प्रमाणित बिक्रेतालाई ग्याँस फारम उपलब्ध गराउन र उपभोक्ताको जानकारीका लागि आफ्ना बिक्रेताको नाम ठेगानासहितको र्सार्वजनिक सूचना निकाल्न उद्योगीलाई आग्रह गरेको छ ।