नारायणगढ–मुग्लिन सडक आज र भोलि खुला हुने

२०७९ पुष ३० गते, शनिबार

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले माघे संक्रान्ति मेलालाई लक्षित गरी शनिबार र आइतबार सडक खुल्ला गरिने जनाएको छ । हिन्दूहरुको पवित्र तीर्थस्थल देवघाटधाममा लाग्ने माघे संक्रान्ति मेलालाई मध्यनजर गर्दै नारायणगढ–मुग्लिन सडक खण्डमा दुई दिन दिनभर सडक खुला गरिने भएको हो । पुल निर्माणका लागि भित्तो काट्नुपर्ने भएकाले दिउँसोको समयमा चार घण्टा बन्द गरिँदै आएको छ । गत पुस ५ गतेदेखि ३० दिनका लागि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सडक बन्द गरेर काम भइरहेको छ । माघे संक्रान्तिमा देवघाटमा स्नान गर्न देशैभरबाट भक्तजन जाने गर्दछन् । यो वर्ष पाँच लाख भक्तजन देवघाट पुग्ने अपेक्षा देवघाट क्षेत्र विकास समितिको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

२०८३ सालमा हुने सार्वजनिक बिदाको सूची

२०८२ फाल्गुन १९ गते, मंगलवार

आज तराईका जिल्लामा होली पर्व मनाइँदै

२०८२ फाल्गुन १९ गते, मंगलवार

आज खण्डग्रास चन्द्रग्रहण

२०८२ फाल्गुन १९ गते, मंगलवार