तिरुवा विकास प्रतिष्ठानको अध्यक्षमा पुन: सहवीर वि.के.तिरुवा

काठमाडौँ । नेपाल राष्ट्रिय तिरुवा विकास प्रतिष्ठानको हालै सम्पन्न राष्ट्रिय भेलाले सहवीर वि.के.तिरुवालाई पुन: अध्यक्षमा चयन गरेको छ ।
उक्त राष्ट्रिय भेला पछि अध्यक्ष सहवीर वि.के.तिरुवाले एक बिज्ञप्ति जारी गर्दै राष्ट्रिय भेलाका निर्णयहरु सार्वजनिक गरेका छ । जुन यस प्रकार रहेका छन – ‘१.प्रतिष्ठानद्धारा प्रस्तुत गरिएको तिरुवा जातीको वंशावली प्रतिवेदनमा आएका थप सुझावहरु समेटेर तिरुवा जातीको वंशावली पुस्तक २०८० प्रकाशन गर्ने र सो कार्यकालागि केन्द्रीय वरिष्ठ उपाध्यक्ष श्री तेज बहादुर तिरुवा ज्यूको संयोजकत्वमा ९ सदस्यीय प्रकाशन उप समिति गठन गरि मिति २०८० असार मसान्त सम्म पुस्तक प्रकाशन गर्ने निणर्य गरियो ।
२.प्रतिष्ठानको संगठनलाई थप व्यवस्थीत गर्नकालागि बहालवाला अध्यक्ष र निवर्तमान केन्द्रीय पदाधिकारी रहने गरि एउटा शक्तिशाली कार्य सम्पादन स्थायी समितिको अवधारण पारित गरिएको छ र उक्त समितिको काम कर्तब्य र अधिकार सम्बन्धमा एउटा छुटै कार्यविधि निमार्ण गरि सो अनुसार गर्ने गराउने समेत निर्णय गरियो ।
३.अध्यक्ष श्री सहवीर वि.के.तिरुवा ज्यूद्धारा प्रस्तुत प्रतिवेदन र कार्ययोजना तथा सांगठनिक र आर्थिक प्रतिवेदन सर्वसम्मत पारित गरियो ।
४.सहकारी र सहकार्यताको माध्यमद्धारा समुदाय स्तरमा स्वरोजगारका अवसरहरु सृजना गर्न उत्पादनशिल कार्यक्रमहरु संचान गर्न सहयोगी भुमिका खेल्ने निर्णय गरियो ।
५.अध्यक्ष श्री सहवीर वि.के.तिरुवा ज्यूले नेतृत्व गरिरहेको वर्तमान केन्द्रीय समितिलाई पुन एक कार्यकालका लागि श्री सहवीर वि.के.तिरुवा ज्यूकै नेतृत्वमा निरन्तरता दिने निर्णय सर्वसम्मत पारित गरियो ।
६.भेलामा आएका अन्य बिषयहरुलाई टुङ्गो लगाउने र अन्य आवश्यक सम्पूर्ण कामकाजको अख्तियारी केन्द्रीय समितिलाई दिईएको निर्णय गरियो । ‘
