नेकपा बाँकेले मिटर व्याजी र राष्ट्रघाती विरुद्ध संघर्ष चर्काउने

२०८० जेष्ठ २६ गते, शुक्रबार


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी बाँकले मिटर व्याजी र राष्ट्रघातीहरु विरुद्ध संघर्ष चर्काउने भएको छ । सो पार्टीको वुधवार वसेको जिल्ला समितिको वैठकले मिटर व्याजी र राष्ट्रघातीहरु विरुद्ध संघर्ष चर्काउने निर्णय गरेको हो ।
यसैबीच, नेपालगञ्ज उपमहानगरपालिका कमिटीको वैठकले जिल्ला समितिले गरेको निर्णयलाई जनता सम्म लागु गर्ने निर्णय गर्दै मिटर व्याजी र राष्ट्रघाती विरुद्ध संघर्ष गर्ने थप प्रतिवद्धता व्यक्त गरेको छ ।
यस्तै वैठकले एक महिने संगठन सुदृढ र विस्तार गर्ने देखि उत्पादनको कामलाई जोड दिने,जनश्रममा सहभागी हुने लगायतका निर्णय समेत गरेको नेकपा बाँकेले जनाएको छ ।
नगर कमिटी सेक्रेटरी साहिल सीको अध्यक्षतामा सम्पन्न वैठकमा जिल्ला ईन्चार्ज रणदिप सी, केन्द्रीय सदस्य सेखर सी, बैकल्पिक केन्द्रीय सदस्य नाराण सी र जिल्ला सेक्रेटरी कल्पना सी को आतिथ्यता रहेको थियो ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

सहिद मित्रमणी आचार्यको शालिक अनावरण

२०८२ बैशाख १९ गते, शुक्रबार

अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै

२०८२ बैशाख १८ गते, बिहीबार

शुक्रबारसम्म पानी पर्ने सम्भावना

२०८२ बैशाख १८ गते, बिहीबार