एकल महिला संख्या दोब्बर बढ्यो

२०८१ मंसिर १७ गते, सोमबार


काठमाडौँ । केन्द्रीय तथ्यांक कार्यालयले पछिल्लो दुई दशकमा एकल महिला संख्या दोब्बरले बढेको जनाएको छ । तथ्यांक कार्यालयको तथ्यांक अनुसार सन् २००१ को जनगणनामा एकल महिला संख्या ३.७ प्रतिशत रहेकोमा २०२१ (२०७८ साल) मा दोब्बरले वृद्धि भएको छ ।
अहिले एकल महिला संख्या ८ प्रतिशत पुगेको कार्यालयको आँकडा छ । २०७८ सालको जनगणना अनुसार देशभरिका एकल महिला संख्या ९ लाख ९७ हजार ६ सय ६२ छ । यो विधवा, पारपाचुके गरेको, छुट्टिएको र ३५ वर्षमाथिको अविवाहित महिला संख्या हो ।
सन् २००१ मा पारपाचुके/छुट्टिएर बसेका महिला संख्या ०.३ प्रतिशत रहेकोमा अहिले बढेर ०.७ प्रतिशत पुगेको छ ।
कुल एकल महिलामध्ये विधवा महिला संख्या अहिले ८ लाख २६ हजार १ सय ४७ रहेको देखिन्छ । देशभरि विधुर पुरुष संख्या भने २ लाख ५५ हजार ८ छ । यसप्रकार देशभरि विधवा/विधुर संख्या १० लाख ८१ हजार १ सय ५५ जना रहेको जनगणनाको तथ्यांकले देखाएको छ ।
देशभरि पारपाचुके गरेका महिला संख्या २१ हजार २ सय ८७ र पुरुष संख्या १५ हजार ८ सय ५२ छ । त्यस्तै छुट्टिएर बसेका महिला संख्या ५९ हजार ५ सय २५ र पुरुष संख्या ३५ हजार ७ सय ५७ छ ।
तथ्यांक अनुसार ३५ वर्षभन्दा माथिका अविवाहित जनसंख्यामध्ये महिलाको तुलनामा पुरुष संख्या बढी रहेको पाइएको छ । २०६८ सालको जनगणना अनुसार देशभरि ३५ वर्ष माथिका ९९ हजार २ सय १० पुरुष अविवाहित छन् । त्यस्तै ९० हजार ७ सय ३ महिला अविवाहित छन् ।
यसप्रकार देशभरि ३५ वर्ष माथिका १ लाख ८९ हजार ९ सय १३ अविवाहित रहेको तथ्यांकले देखाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

२०८३ सालमा हुने सार्वजनिक बिदाको सूची

२०८२ फाल्गुन १९ गते, मंगलवार

आज तराईका जिल्लामा होली पर्व मनाइँदै

२०८२ फाल्गुन १९ गते, मंगलवार

आज खण्डग्रास चन्द्रग्रहण

२०८२ फाल्गुन १९ गते, मंगलवार