लागूऔषधसहित भारतीय नागरिक पक्राउ

२०८२ बैशाख २ गते, मंगलवार


काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झण्डै सात किलो गाँजासहित भारतीय नागरिक पक्राउ परेका छन्। विमानस्थलबाट ६ किलो ९७० ग्राम गाँजासहित २७ वर्षीय भारतीय नागरिक भिसाक भिजयन पक्राउ परेको विमानस्थलका सुरक्षा प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सोमेन्द्रसिंह राठौरले बताए।
भारतीय नागरिक भिसाक थाई एयरको उडानमार्फत बैंकक हुँदै नेपाल आएका थिए। गएराति नेपाल आएका उनको लगेज जाँचका क्रममा गाँजा भेटिएको राठौरले बताए। भिजयनलाई थप अनुसन्धानका लागि लागूअषौध ब्यूरो कोटेश्वर पठाइएको छ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

बीपी राजमार्ग पूर्णरूपमा अवरुद्ध

२०८२ कार्तिक १५ गते, शुक्रबार

विश्व सहरीकरण दिवस मनाइँदै

२०८२ कार्तिक १५ गते, शुक्रबार

आज भारी वर्षा र हिमपातको सम्भावना

२०८२ कार्तिक १५ गते, शुक्रबार

‘मोन्था’ चक्रवातको प्रभाव : देशभर वर्षा

२०८२ कार्तिक १४ गते, बिहीबार