कर्णालीसहित तीन प्रदेशमा वर्षा र हिमपातको सम्भावना
काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालको पश्चिमी भू-भागमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ । महाशाखाले आज बिहान तराई भू-भागका केही स्थानहरूमा तुँवालो लागेको जनाएको छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागमा साधारणतया बादल लागेको छ । केही स्थानमा भने हल्का हिमपात र वर्षा भईरहेको छ । साथै कोशी र मधेश प्रदेशमा आंशिक रुपमा बादल लागेको हो । बाँकी भू-भागमा भने मौसम मुख्यतया सफा रहेको छ ।
त्यस्तै, सोमबार दिउँसो भने तराई भू-भागका केही स्थानहरूमा हुस्सु र कुहिरो लाग्ने भएका कारण जनजीवन प्रभावित हुने भएको हो। देशका हिमाली भू-भागमा साधारणतया बादल लाग्नेछ र बाँकी भू-भागमा भने आंशिक बादल लाग्ने भएको हो । देशका हिमाली भू-भागका केही स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना रहेको महाशखाले जनाएको हो ।
त्यस्तै, राति भने तराई भू-भागका केही स्थानहरूमा हुस्सु लाग्ने भएको छ । देशका हिमाली भू-भागमा भने साधारणतया बादल लाग्ने भएको हो । साथै बाँकी भू-भागमा भने आंशिक बादल लाग्ने छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू-भागका केही स्थानमा हल्का हिमपात-वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको हो ।
