प्रहरीको सर्च अप्रेशन : १९५ जना पक्राउ

२०८२ चैत्र २१ गते, शनिबार


काठमाडौँ । काठमाडौंमा प्रहरीले शुक्रबार रातभर सर्च अप्रेशन चलाएको छ । प्रहरीले रातभर अप्रेशन गरेर गुण्डागर्दी, ठगी, बिचौलिया लगायतमा संलग्नहरूलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी परिसर, काठमाडौंका एसएसपी रमेश थापाका अनुसार रातभर काठमाडौंका विभिन्न ठाउँबाट १९५ जना पक्राउ गरेका हुन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, ठमेल, बुढानीलकण्ठ लगायतका क्षेत्रबाट सो संख्यामा विभिन्न मान्छेहरू पक्राउ परेको एसएसपी थापाले बताए ।एसएसपी थापाले भने -‘ठमेल, विमानस्थल लगायतका क्षेत्रामा मान्छे तातातान गर्ने, पहिल्यैदेखि गुण्डागर्दीमा संलग्न, बिचौलिया लगायतका १९५ जनालाई नियन्त्रणमा लिएका छौं। ’
उनीहरूविरुद्ध प्रहरीले थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]