आज पनि मेघगर्जन-चट्यांग र हावाहुरीसहित वर्षाको सम्भावना
काठमाडौँ । हाल नेपालमा पश्चिमी र स्थानीय वायूको साथै नेपालको पूर्वी भू-भाग नजिक तल्लो वायूमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ। बिहीबार बिहान देशैभर अधिकांश बादल लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको हो। बागमती, गण्डकी, कोशी, लुम्बिनी, कर्णाली, मधेश र सुदूरपश्चिम प्रदेशका अधिकांश स्थानमा मेघगर्जन-चट्याङ्ग-हावाहुरीसहित मध्यम सम्मको वर्षा भैरहेको छ।
त्यस्तै, बिहीबार दिउँसो भने देशैभर साधारणतया बादल लाग्ने भएको हो। कोशी र मधेश प्रदेश लगायत देशको हिमाली तथा पहाडी तराई भू-भागका केही स्थानहरुमा मेघगर्जन-चट्याङ्गसहित मध्यमसम्मको वर्षा-हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
त्यस्तै, बिहीबार राति भने देशको हिमाली भू-भागमा साधारणतया बादल लाग्ने र पहाडी तथा तराई भू-भागमा आंशिक बादल लाग्ने भएको हो। कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली तथा पहाडी भू-भागका केही स्थानहरुमा केही स्थानहरुमा मध्यमसम्मको वर्षा-हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
