आज मेघगर्जन र चट्यांगसहित मध्यम वर्षा-हिमपातको सम्भावना
काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली, स्थानीय वायू र तल्लो वायूमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ ।
बिहीबार बिहान मधेश, बागमती र गण्डकी प्रदेश लगायत देशका हिमाली तथा पहाडी भू-भागमा साधारणतया बादल लागेको हाे । तराई भू-भागमा आंशिक बादल लागेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा हल्का वर्षा भइरहेको माेसम पूर्वानुमान महाशाखाले जनाएकाे हाे ।
त्यस्तै, बिहीबार दिउँसो भने कोशी, बागमती र गण्डकी प्रदेश लगायत देशका हिमाली तथा पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ । साथै तराई भू-भागमा भने आंशिक बादल लाग्ने भएकाे हाे। कोशी, बागमती, गण्डकी, मधेश, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड तथा हिमाली-तराई भू-भागका केही स्थानमा मेघगर्जन-चट्याङ्गसहित मध्यमसम्म वर्षा-हिमपातको सम्भावना रहेको महाशाखाले जनाएकाे छ।
त्यस्तै, बिहीबार राति भने कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत देशका हिमाली भू-भागमा साधारणतया बादल लाग्ने भएकाे हाे । साथै तराई भू-भागमा आंशिक बादल लाग्नेछ। कोशी, मधेश, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भू-भागका केही स्थानमा मेघगर्जन-चट्याङ्गसहित मध्यमसम्मको वर्षा-हिमपातको सम्भावना रहेको महाशाखाले जनाएकाे छ।
