जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवस  मनाइँदै

२०८३ जेष्ठ २१ गते, बिहीबार

काठमाडौँ । आज  जेठ २१ गते  जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवस  , २०६३ जेठ २१ गतेको   पुनर्स्थापित  प्रतिनिधि सभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव पारित गरी  नेपाल जातीय छुवाछूतमुक्त भएको घोषणा गरिएको थियो।

सोही जेठ २१ गतेलाई ‘जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवस’ का रूपमा मनाउने गरिन्छ। नेपाललाई जातीय छुवाछूतमुक्त राष्ट्र घोषणा गरिएको दुई दशक पूरा हुँदा पनि दलितमाथिको भेदभाव घट्न सकेको छैन।

ग्रामीण क्षेत्रमा पानी पँधेरो छुवाएको, घरभित्र पसेको निहुँमा कुटपिटलगायतका घट्ना हुने गरेको छ । सहरी क्षेत्रमा डेरा नपाउनेलगायतका भेदभाव कायमै छ।

राष्ट्रिय दलित आयोगका अनुसार चालु आर्थिक वर्षमै ६४ वटा उजुरी परेका छन्,। जुन पछिल्लो पाँच वर्षकै उच्च संख्या हो। अघिल्लो वर्ष छुवाछूत र भेदभावका ५८ वटा उजुरी परेको थियो।

प्रतिक्रियाहरु

[anycomment]