१९औं एसियाली खेलकुद : समापन समारोहमा एरिकाले नपालको झण्डा बोक्ने

२०८० आश्विन २१ गते, आईतवार


काठमाडौँ। नेपाललाई करातेमा ऐतिहासिक रजत पदक दिलाएकी कराते खेलाडी एरिका गुरुङले १९औं एसियाली खेलकुदको समापन समारोहा नेपालको झण्डा बोक्ने भएकी छन् । हान्झाउमा जारी एसियाडको समापन समारोह आइतबार हुँदैछ । त्यस समारोहको मार्चपासमा नेपालको झण्डा एरिकाले बोक्नेछिन् ।
नेपाल ओलम्पिक कमिटी र सेभ दि मिसनले एरिकालाई झण्डा बोक्न दिने निर्णय गरेको हो । एसियाडको १५औं दिन शनिबार कुमुते ६८ केजीमाथी तौल समूहमा रजत जितेपछि एरिकाले यो अवसर पाएकी हुन् । एरिकाले एसियाडअघि इन्डोनेसियामा भएको दशौं वर्ल्ड शितोरियो कराते च्याम्पियनसिपमा स्वर्ण जितेकी थिइन् ।
करातेमा नेपालबाट ८ खेलाडी सहभागी भएकोमा एरिकाले मात्र पदक जितेकी हुन् । एसियाड अन्तिम दिन प्रतिस्पर्धा गरेकी करातेकी सविना श्रेष्ठ कुमुते ५० केजीमुनि तौल समूहमा अन्तिम ३२ मा चीनकी रानरान लिसँग ३(१ ले पराजित भइन् ।
एरिकाको रजत एसियाडमा नेपालले व्यक्तिगततर्फ जितेको २५ वर्षपछि पहिलो रजत हो । समग्रमा यो तेस्रो रजत हो । यसअघि सन् १९९८ मा तेक्वान्दोकी सविताराज भण्डारीले रजत पदक जितेकी थिइन् । यस्तै २०१८ मा प्याराग्लाइडिङ टिमले इन्डोनेसियामा रजत जितेको थियो ।
नेपालले १९औं एसियाडमा २९ खेलमा अहिलेसम्मकै सबैभन्दा धेरै २५३ खेलाडी सहभागी गराएको थियो । जसमा नेपालले एक रजत र एक कांस्य जित्यो । एरिकाले रजत जित्नुअघि नेपालको मिहला कबड्डी टिमले कास्य पदक जितेका थिए ।
हान्झाउ एसियाडको उद्घाटन समारोहमा भने तेक्वान्दोका वीरबहादुर महरा र उसुकी निमा घर्तीमगरले नेपालको झण्डा बोकेका थिए ।

प्रतिक्रियाहरु

[anycomment]