चिडियाखानामा क्षमता भन्दा बढी वन्यजन्तु

२०८० पुष १४ गते, शनिबार

काठमाडौँ । राष्ट्रिय प्रकृति संरक्षण कोषले चिडियाखानामा क्षमता भन्दा बढी वन्यजन्तुहरु राख्नुपर्ने बाध्यता रहेको बताएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोषले सदर चिडियाखाना व्यवस्थापन गरेको २८ वर्ष पूरा गरेको उपलक्ष्यमा ललितपुरमा आयोजित कार्यक्रममा बोल्दै कोषका अध्यक्ष कृष्णप्रसाद ओलीले यस्तो बताएका हुन् ।उनले जावलाखेल चिडियाखाना ६ हेक्टर जमिनमा फैलिएको र अहिले चिडियाखानामा क्षमता भन्दा बढी वन्यजन्तुहरु राख्नुपर्ने बाध्यता रहेको बताउदै भक्तपुरको सूर्यविनायकमा १५० हेक्टरमा बनिरहेको चिडियाखाना छिटो बनाइदिन आग्रहसमेत गरे ।
ओलीले बाघ, गैंडा लगायतका जंगली जनावरको जनसंख्या बढीरहेको र मानव बस्ती पनि बढीरहेकाले जंगली जनावरहरुको संरक्षणस्थल अभाव हुँदै गएकोले जीवजन्तु संरक्षणका लागि फराकिलो ठाउँको आवश्यकता रहेको बताए । उनले एउटा बाघका लागि मात्रै वर्षमा १५ लाख बराबरको रकम आवश्यक पर्ने भन्दै जंगली जनावरको संरक्षण र व्यवस्थापन गर्न जटिल बन्दै गइरहेको बताए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

विचित्र गुफा आकर्षणको केन्द्र

२०८२ बैशाख ८ गते, सोमबार

भैरवी रथ जात्रा सुरु

२०८१ चैत्र ३० गते, शनिबार

बिस्का जात्रा शुरु

२०८१ चैत्र २८ गते, बिहीबार