गुगललाई कारवाही गर्ने चेतावनी गुगललाई कारवाही गर्ने चेतावनी

२०६९ फाल्गुन १३ गते, आईतवार

काठमाडौँ । आफ्ना प्रयोगकर्ताको गोपनियतासम्बन्धी नीति परिवर्तन नगरे युरोपियन यूनियनले इन्टरनेट दुनियाँको हस्ती कम्पनी गुगललाई कारवाही गर्ने भएका छन् । गुगलले आफ्नो छुट्टाछुट्टै साइटको प्रयोगकर्ताहरूको व्यक्तिगत जानकारी एकै ठाउँमा भण्डार गर्ने नीतिले प्रयोगकर्ताको व्यक्तिगत गोपनियताको हक खतरामा परेको यूनियनको ठहर छ । गोपनियता अधिकारसम्बन्धी अनुगमन गर्न प|mान्सेली निकायले ८ महिना लगाएर निकालेको निश्कर्षा युरोपियन युनियन आवद्ध अन्य राष्ट्रहरूले सहमति जनाएका छन् । युनियनल गुगगलाई आफ्नो यो नीति परिवर्तनको लागि गुगललाई ४ महिने अवधि दिएको थियो । तर, गुगलले भने आफ्नो नीतिले युरोपियन युनियनको कानुन बिपरीत नभएको दाबी गरेको छ ।
गुगलले अघिल्लो बर्षप्रयोगकर्ताहरूसँग गरिने व्यक्तिगत गोपनियतासम्बन्धी शर्तलाई एकै ठाउँमा राखेर सम्झौता गर्ने नीति ल्याएको थियो । यो नीतिले प्रयोगकर्ताले दिन नचाहेको व्यक्तिगत जानकारीसमेत बाध्य भएर दिनुपर्ने युरोपियन युनियनको दाबी छ । गुगलको जिमेल, युटयुब, गुगलप्सल, ब्लगजस्ता छुट्टाछुट्टै साइटहरू छन् । यी सबै साइट प्रयोगकर्ताहरूको व्यक्तिगत जानकारी गुगलले एकै ठाउँमा भण्डारण गर्छ । युनियनले यसअघि पनि पटक पटक नीति परिवर्तनको लागि गुगललाई चेतावनी दिँदै आएको थियो । अब, पनि नीति नगरे केही महिनाभित्रै गुगललाई कारवाही को प्रक्रिया अगाडि बढाइने युनियनले बताएको छ ।

प्रतिक्रियाहरु

[anycomment]