चीनमा सत्ता हस्तान्तरण हुँदैचीनमा सत्ता हस्तान्तरण हुँदै

२०६९ फाल्गुन २६ गते, शनिबार

हङकङ । नयाँ नेतृत्वलाई सत्ता हस्तान्तरणका लागि चिनियाँ नेसनल पिपुल्स कंग्रेस -एनपीसी) को १२ औँ अधिवेशनको पहिलो सत्र गतमंगलबारबाट सुरु भएको छ । बेइजिङस्थित ग्रेट हल अफ दि पिपुलमा करिब दर्ुइ हप्ता लामो चल्ने बैठकमा मुलुकभरबाट झन्डै ३ हजार प्रतिनिधि सहभागी छन् । यस पटकको बैठकले नेतृत्व परिवर्तनको समेत घोषणा गर्ने भएकाले संसारको ध्यान पुनः बेइजिङतर्फकेन्द्रित गराएको छ । वर्तमान राष्ट्रपति हु जिस्ताओलाई प्रतिस्थापन गर्दै बैठकले सी जिनपिङलाई सर्वोच्च शक्तिशाली पदमा नियुक्त गर्नेछ । यससँगै उनी आगामी दस वर्षपार्टर्ीीसैनिक र सत्ता प्रमुख रहने छन । उपप्रधानमन्त्री ली प्याङले प्रधानमन्त्री वेन जियाबाओको स्थान लिनेछन् । गत नोभेम्बरमा १८ औँ राष्ट्रिय कंग्रेसले सीलाई सीपीसीको महासचिवमा चयन गरेको थियो । चीनको सर्वोच्च कार्यकारी निकाय मानिएको पिपुल्स कंग्रेस विश्वकै ठूलो संसद् हो । यसले राज्य सञ्चालनका लागि संस्थागत नीति नियम तयार पार्छ । चिनियाँ कम्युनिस्ट पार्टर्ीीीपीसी पोलिटब्युरो स्थायी कमिटीमा दोस्रो वरियतामा रहेका राष्ट्रपति र प्रधानमन्त्रीको घोषणापछि यिनै मातहत एनपीसीले राज्यपरिषद्अर्न्तर्गत् उपप्रधानमन्त्री, विभागीय मन्त्री, स्टेट काउन्सिलर, गभर्नर, न्यायालय प्रमुख, राष्ट्रिय सैन्य आयोगका उपाध्यक्षलगायत मुख्य अधिकारीहरु चयन गर्नेछ । बैठकलाई यथासम्भव समावेशी बनाउन सबै तह र तप्काको प्रतिनिधित्व गराइएको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् । एनपीसीलाई मुलुकको महत्वपर्ूण्ा शक्तिशाली निकाय भनिएको छ । राजनीतिक सुधार, भ्रष्टाचार नियन्त्रण र पिछडिएका वर्गशो आयमा वृद्धि जटिल मुद्दा रहेको चिनियाँ उच्च नेताहरुको ठम्याई छ ।

प्रतिक्रियाहरु

[anycomment]