इस्लामी आक्रमणकारीवाट अन्धाधुन्द आक्रमण

२०७० असार २३ गते, आईतवार

नाइजेरिया, २३ असार– नाइजेरियामा संदिग्ध इस्लामी आक्रमणकारीको अन्धाधुन्द आक्रमणबाट २९ विद्यार्थी र एक शिक्षक गरी ३० जनाको मृत्यु भएको छ । योबे सहरमा रहेको सो विद्यालयमा इन्धनले भरिएको ट्यांकर छिराएर विद्यार्थी तथा शिक्षकहरुमाथि आगो लगाएर जिउँदै हत्या गरिएको हो । बोको हराम समूहका विद्रोहीहरुले सन् २०१० यता सो राज्यका कयौं विद्यालयमा आगजनी गरिसकेका छन् । योबे नाइजेरियाका अति हिंसाग्रस्त तीन मध्ये एक राज्य हो, जहाँ केही समयअघि राष्ट्रपति जोनाथन गुडलकले संकटकाल लगाएका थिए ।सन २०१२ मा मात्र आतंककारीहरुले त्यहाँ ६ सयको हत्या गरेका थिए । – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]