ट्रम्प र जेलेन्स्कीबिच भेटवार्ता
काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले स्विट्जरल्यान्डको डाभोसमा भेटवार्ता गरेका छन्। ह्वाइट हाउसका अनुसार, बिहीबार भएको भेटवार्ता ‘लगभग एक घण्टा” चल्यो। पत्रकारहरूले ट्रम्पलाई के छलफल भयो भनेर सोध्दा उनले भने, ‘हेरौँ के हुन्छ… सबैजना (रुस-युक्रेन) युद्ध अन्त्य होस् भन्ने चाहन्छन्।’ ट्रम्पसँगको भेटपछि जेलेन्स्कीले विश्व आर्थिक मञ्चमा भाषण दिए।
त्यस क्रममा उनले ट्रम्पसँगको आफ्नो भेट उल्लेख गरे र भने, ‘युद्ध अन्त्य गर्ने उद्देश्यले बनाइएका कागजात “लगभग तयार छन्।’ उनका अनुसार युक्रेनले ‘इमानदारी र दृढता’ का साथ काम गरिरहेको छ र रुस ‘यो आक्रामकता अन्त्य गर्न तयार हुनुपर्छ।’
त्यसपछि जेलेन्स्कीलाई ट्रम्पसँगको उनको भेटवार्ताबारे प्रश्न गरिएको थियो। जवाफमा बैठक ‘राम्रो र धेरै महत्त्वपूर्ण’ भएको बताए। र, राष्ट्रपति ट्रम्पलाई समयको लागि धन्यवाद दिए। उनले भने, ‘अमेरिका, युक्रेन र रुसका प्रतिनिधिमण्डलले संयुक्त अरब इमिरेट्समा दुई दिन त्रिपक्षीय बैठक गर्नेछन्।’
