ट्रम्पद्वारा हर्मुज जलडमरु क्षेत्र खुला गर्न ४८ घण्टे अल्टिमेटम
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई महत्वपूर्ण जलमार्ग हर्मुज जलडमरु क्षेत्र खुला गर्न ४८ घण्टाको समयसीमा दिएका छन्। उक्त चेतावनीप्रति इरानले कडा प्रतिक्रिया जनाउँदै यसलाई ‘असन्तुलित र मूर्खतापूर्ण’ भनेको छ।
यसबीच इरानको दुर्गम क्षेत्रमा हराइरहेको अमेरिकी सैनिक पाइलटको खोजी कार्य शनिबार पनि जारी रहेको जनाइएको छ। हाल छ हप्तादेखि जारी युद्धका क्रममा शुक्रबार दुई अमेरिकी युद्ध विमान खसालिएपछि तनाव थप बढेको छ।
अमेरिकी राष्ट्रपति ट्रम्पले इरानलाई युद्धमा ‘पूर्ण रूपमा पराजित’ भएको बताएका छन् । तर इरानले भने आफ्नो भूमिमा शत्रु पाइलट फेला पार्ने प्रयास भइरहेको जनाएको छ।
