अमेरिकाद्वारा ‘ग्रीन कार्ड’ प्रक्रिया परिवर्तन

२०८३ जेष्ठ ९ गते, शनिबार


काठमाडौँ । अमेरिकाको ‘ग्रीन कार्ड’ प्रक्रिया परिवर्तन गरेको छ । अमेरिकाले अमेरिकाको स्थायी बसोबास अनुमति अर्थात् ‘ग्रीन कार्ड’ सम्बन्धी प्रक्रिया परिवर्तन गरेपछि हजारौं आप्रवासी अमेरिका छाडेर पुनः आवेदन दिन बाध्य हुन सक्ने स्थिति बनेको छ।
सीएनएनका अनुसार, नयाँ नीतिले विशेषगरी अस्थायी भिसामा अमेरिका बसिरहेका र देशभित्रैबाट ग्रीन कार्ड प्रक्रियामा रहेका व्यक्तिहरूलाई प्रत्यक्ष असर पार्नेछ।
ट्रम्प प्रशासनले केही आवेदकहरूले अमेरिकाभित्रैबाट आफ्नो कानुनी स्थिति परिवर्तन गर्ने सुविधा सीमित गरेको छ। यसका कारण धेरै व्यक्तिले आफ्नो प्रक्रिया पूरा गर्न अमेरिका छाडेर आफ्नै देश वा तेस्रो देशस्थित अमेरिकी दूतावासमा गएर पुनः आवेदन दिनुपर्ने हुन सक्छ।
आप्रवासन कानुन विशेषज्ञहरूले यसले हजारौं परिवार, विद्यार्थी, कामदार र पेशेवरलाई अनिश्चिततामा धकेल्ने बताएका छन्। सीएनएनले उद्धृत गरेका केही वकिल र अधिकारकर्मीहरूले नयाँ व्यवस्थाले “आत्मनिर्वासन” जस्तै अवस्था सिर्जना गर्ने चेतावनी दिएका छन्। उनीहरूका अनुसार, अमेरिका छाडेपछि पुनः प्रवेश अनुमति नपाउने जोखिम पनि धेरै आवेदकमा रहन्छ।
नयाँ नीतिले टेक्नोलोजी, स्वास्थ्य र अनुसन्धान क्षेत्रमा काम गर्ने उच्च दक्ष जनशक्तिमा असर पर्ने भन्दै अमेरिकी कम्पनीहरूले पनि चिन्ता व्यक्त गरेका छन्। विशेषगरी ज्–१द्य जस्ता कार्य भिसामा रहेका हजारौं कर्मचारी प्रभावित हुन सक्ने रिपोर्टमा उल्लेख छ।ट्रम्प प्रशासनले भने आप्रवासन प्रणालीलाई “कडा र व्यवस्थित” बनाउन आवश्यक रहेको बताएको छ। अमेरिकी अधिकारीहरूका अनुसार, नयाँ नियमले “कानुनी प्रक्रिया दुरुपयोग रोक्ने” र राष्ट्रिय सुरक्षा मजबुत गर्ने उद्देश्य राखेको छ।सीएनएनका अनुसार, नयाँ नीतिपछि विभिन्न आप्रवासी समुदायमा अन्योल र त्रास बढेको छ। धेरै परिवारले आफ्नो भविष्य, रोजगारी र बालबालिकाको शिक्षाबारे चिन्ता व्यक्त गरेका छन्।

प्रतिक्रियाहरु

[anycomment]