इजरायलद्वारा दक्षिण लेबनानमा हवाई आक्रमण :३१ जनाको मृत्यू ,४०जना घाइते

२०८३ जेष्ठ १३ गते, बुधबार


काठमाडौँ । इजरायली सेनाले दक्षिण लेबनानका विभिन्न क्षेत्रममा हवाई आक्रमण गर्दा ३१ जनाको मृत्यु भएको छ भने ४०जना घाइते भएका छन् । लेबनानको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै अल जजीरा अरबीले मंगलबार भएकाे साेही आक्रमणमा परी अन्य ४० जना घाइते भएकाे जनाएकाे हाे । स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार इजरायली सेनाले दक्षिण लेबनानका बुर्ज अल–शमाली, कोथरियात अल–रुज, हबुस, मारका र साला लगायतका सहर तथा गाउँहरूलाई निशाना बनाएर शृङ्खलाबद्ध रुपमा सैन्य आक्रमण गरेको थियो । विभिन्न स्थानमा गरिएका यी हवाई प्रहारका कारण ठूलो संख्यामा मानवीय क्षति भएको मन्त्रालयले जनाएकाे छ । – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु