ट्रम्पलाई महँगी मन पर्ने !
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा पछिल्लो महिना मूल्यवृद्धि तीन वर्ष यताकै तीव्र गतिमा बढेको बताएका छन्। ट्रम्पले आफूलाई महँगी मन पर्ने समेत बताए । ‘ब्यूरो अफ लेबर स्ट्याटिस्टिक्स’ (बीएलएस) ले सार्वजनिक गरेको तथ्यांक अनुसार गत अप्रिलमा ३ दशमलव ८ प्रतिशत रहेको मूल्यवृद्धि दर मे महिनामा बढेर ४ दशमलव २ प्रतिशत पुगेको हाे। अमेरिका र इजरायलको इरानसँग भइरहेको युद्धका कारण इन्धनको लागत बढ्दा महँगीमा तीव्रता आएको छ ।
ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै राष्ट्रपति ट्रम्पले तथ्यांकहरू उत्कृष्ट रहेकाे बताए । उनले इरानसँगको युद्ध समाप्त भएपछि बढेको मूल्य ‘ह्वात्तै घट्ने’ दावी समेत गरेका छन । उनको उक्त बयानको केही समयपछि नै अमेरिकी सेनाले इरानमा बमबारी गरेको थियो।
मूल्यवृद्धिको सन्दर्भमा बोल्दै राष्ट्रपति ट्रम्पले अमेरिकी सेनाले रात्रिकालीन अपरेसन सञ्चालन गरी इरानबाट लाखौं ब्यारेल तेल हटाएका कारण तेलको मूल्यमा केही गिरावट आएको समेत दावी गरे । यो द्वन्द्व समाप्त भएपछि तेलको मूल्य पुरानै अवस्थामा फर्किने उनकाे तर्क छ ।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मानक मानिने ‘ब्रेन क्रुड’ को मूल्य भने अझै पनि युद्धपूर्वको अवस्था भन्दा उल्लेख्य रूपमा उच्च रहेकाे छ ।
