‘तीन बुँदे सहमति कार्यन्वयन गर्नु भनेको देशले निकास प्राप्त गर्नु हो’

२०८० माघ २४ गते, बुधबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा मेची ब्युरो इन्चार्ज सुमनसिंह सीले राज्य र आफ्नो पार्टी बिच भएको तीन बुंदे सहमतिलाई पुर्ण रुपमा कार्यन्वयन गर्न राज्य तयार हुने हो भने देशले आजको सम्पुर्ण संकटबाट मुक्ति पाउने बताए । मंगलबार सीन्धुलीको सदरमुकाम कमलामाइ नगरपालिकामा आयोजित अन्तरकृया कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।
नेता सुमनसिंह सीले भने- ‘०७७ फागुन २१ गते राज्यपक्ष र नेकपा बिच तीन बुंदे सहमति भएको थियो । उक्त सहमतिको पहिलो बुंदामा देशको राजनीतिक समस्याहरु सम्वादमार्फत समाधान गर्न दुबै पक्ष सहमत भएको सन्दर्भ छ, आज देशको मुख्य संकट नै राजनीतिक संकट हो । यो संकटपुर्ण समयमा राज्यले नेकपासंग भएको सहमति कार्यन्वयन गरेर संकटको समाधानको निम्ति सम्बाद अगाडि बढाए देशले निकास प्राप्त गर्ने सुमनसिंहले बताए । तर तीन बुंदे भाड्ने काम साम्राज्यवादले गरिरहेको उनले बताए । देश र जनताको प्रस्ताव बोक्ने नेकपा तीन बुंदेको ऐतिहासिक मर्मलाई सबै मोर्चाबाट फैसला गराउन तागत राख्छ ।’
नेता सुमनसिंह सीले अमेरिकी साम्राज्यवाद र नेपाली जनताको अन्तरविरोध मुख्य बनेको, चीन आफ्नो सुरक्षा संवेदनशिलताको कारण सतहमा आएको, भारतियको चलखेल बढेको, संकटलाई आफ्नो अनुकुलतामा बदल्न अमेरिका भारत तिब्रतामा लागेको, नेपालमा नवजेलेन्स्कीहरु पैदा गर्न खोजेको, जनताको जीवन कस्टकर बन्दै गएको, उत्पीडित जाती समुदायले अन्याय भोग्नु परेको जस्ता थुप्रै संकटहरु सतहमा प्रकट भएको उनले बताए । देश युक्रेनपथमा जान सक्ने संभावनाको नजिक रहेकोप्रति सचेत गराए ।
उनले आज नेकपा मात्र होइन, नेपालका सबै अग्रगामीहरु एक ठाउँमा आउनु पर्ने र संभावित चुनौतिहरुलाई परास्त गरेर देशलाई अगाडि बढाउन भुमिका खेल्नु पर्ने बताए । देश र जनताको जीवनको स्वार्थलाई केन्द्रमा राखेर भुमिकाहरु खेल्ने हो भने निकासको वातावरण बन्न सक्ने उनको भनाइ थियो ।
उक्त अन्तरकृया कार्यक्रममा नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, बाम बुद्धिजिवी लगायतले आफ्नो धारणा राखेका थिए । कार्यक्रमको अध्यक्षता पश्चिम सिन्धुलीका सचिव जनक सी, संचालन मनु सीले गरेका थिए भने पार्टीका केन्द्रिय सदस्य तथा सिन्धुली जिल्ला इन्चार्ज शशी सी र कमल सीको पनि कार्यक्रममा उपस्थिति रहेको थियो ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

संसद्को बजेट अधिवेशन सुरु हुँदै

२०८२ बैशाख १२ गते, शुक्रबार

एमसीसी बन्द

२०८२ बैशाख ११ गते, बिहीबार

लोकतन्त्र दिवस मनाइँदै

२०८२ बैशाख ११ गते, बिहीबार