नेकपा(माओवादी)का महासचिव विप्लव सी र प्रवक्ता प्रकाण्ड सीद्वारा मतदान
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का महासचिव विप्लव सी र प्रवक्ता प्रकाण्ड सीले मतदान गरेका छन् । महासचिव विप्लव सीले रोल्पाकाे परिवर्तन गाउँपालिका –३ बालशिक्षा मावि, थुनिकोटमा रहेको मतदान केन्द्र र प्रवक्ता प्रकाण्ड सीले कालीकोटको नरहरिनाथ गाउँपालिकाका ७ काे नन्दादेवि मावि माल्कोट सेरापाटा मतदान केन्द्रमा मतदान गरेका हुन् ।
महासचिव विप्लव सी र प्रवक्ता प्रकाण्ड सीले तत्कालीन नेकपा (माओवादी) शान्तिप्रक्रियामा आएपछि २०६४ सालमा मतदान गरेका थिए । त्यसपछि एकैचोटी अहिले (२०८२)मा मतदान गरेका हुन् ।
प्रवक्ता प्रकाण्ड सीले कालिकोटवाट प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्षतर्फका उम्मेदवार दिएका छन भने महासचिव विप्लव सीले उम्मेद्वारी दिएका छैनन्।
