सी जातिलाई कानुनी मान्यता दिन माग गर्दै कोशीका मुख्यमन्त्रीलाई हस्ताक्षर हस्तान्तरण

२०८१ जेष्ठ २६ गते, शनिबार

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीनिकट युवा संगठन नेपालले सी जातिलाई कानुनी मान्यता दिन दबाब स्वरूप जनताको हस्ताक्षर संकलन गरी कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई बुझाएको छ ।
ज्ञापनपत्र र हजारौंको हस्ताक्षरसहित संगठनका केन्द्रीय महासचिव सुवास सी नेतृत्वको टिमले मुख्यमन्त्री कार्कीलाई कार्यालयमा पुगेर संकलित हस्ताक्षर र ज्ञापनपत्र बुझाएको हो । संगठनका महासचिव तथा कोशी प्रदेश इन्चार्ज सुवासले ज्ञापनपत्र बुझाउँदै प्रदेशको समसामयिक विषय, जनताको समस्या लगायत युवा लक्षित विभिन्न विषयमा माननीय मुख्यमन्त्रीलाई मौखिक माग राखेका थिए ।
संगठनले बुझाएको हस्ताक्षर र ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री कार्कीले आफू उक्त विषयमा सकारात्मक रहेको बताए । साथै उनले विभिन्न बुदाहरुमा छ्लफल गरि सहयोग आदानप्रदान गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन्। – प्रविण अधिकारी

प्रतिक्रियाहरु

[anycomment]