टेलिकमको सिम कार्ड आज राति रिचार्ज नहुने

२०८१ असार २५ गते, मंगलवार

काठमाडौँ । नेपाल टेलिकमको सिम कार्ड आज राति रिचार्ज नहुने भएको छ । विलिङ प्रणाली स्तरोन्नतिको परीक्षण कार्य हुने भएकाले मंगलबार राति ११ बजेदेखि बुधबार बिहान ६ बजेसम्म रिचार्ज र डाटा प्याकेज खरिदका सेवाहरु प्रभावित हुने नेपाल टेलिकमले जनाएको छ ।
राति सात घण्टा सेवा बन्द हुने भएकाले आज राति ११ बजेअघि नै रिचार्ज गर्न टेलिकमले आग्रह गरेको छ । तर मोबाइल भ्वाइस, डाटा, एसएमएस लगायतका सेवा भने बन्द नहुने टेलिकमको सूचनामा उल्लेख छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

नेप्से २१.३० अंकले बढ्यो

२०८२ भाद्र ९ गते, सोमबार

११ कम्पनी कालोसूचीमा

२०८२ भाद्र ९ गते, सोमबार

नेप्से १८.०२ अंकले घट्यो

२०८२ भाद्र ८ गते, आईतवार