डेढ केजी अवैध सुनसहित भारतीय नागरिक पक्राउ

२०८३ आश्विन २ गते, शुक्रबार


काठमाडौँ । काठमाडौँको भेडासिंहबाट करिब डेढ केजी अवैध सुनसहित भारतीय नागरिक पक्राउ परेका छन्। भारतको पश्चिम बंगाल राज्य हुगली जिल्लाको पाराबजार बस्ने ४१ वर्षीय मानिक दास १ हजार ४८२.८१ ग्राम सुनसहित बिहीबार पक्राउ परेका हुन्। उनीबाट बरामद भएको सुन केही गहना र केही कच्चा रहेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रामेश्वर कार्कीले जानकारी दिए। उनका अनुसार उनको साथबाट ७ लाख ५६ हजार नगद समेत बरामद भएको छ। मानिकले भेडासिंहमा एक घर लिई कारखाना सञ्चालन गर्दै आएको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

नेप्से २२.८५ अंकले बढ्यो

२०८३ आश्विन २ गते, शुक्रबार

५० रुपैयाँको नयाँ नोट बजारमा

२०८३ आश्विन २ गते, शुक्रबार