भन्सार छलेर ल्याइएका १० वटा स्कुटर नियन्त्रणमा

२०८३ आश्विन २ गते, शुक्रबार

काठमाडौँ । पर्सा प्रहरीले भन्सार छली गरी भारतबाट नेपाल भित्र्याइएका १० थान इलेक्ट्रिक स्कुटर नियन्त्रणमा लिएको छ । प्रहरीले वीरगञ्ज महानगरपालिकाका विभिन्न स्थानबाट झन्डै ८ लाख मूल्य बराबरको १० थान इलेक्ट्रिक स्कुटर नियन्त्रणमा लिएको जनाएको छ । प्रहरीका अनुसार नियन्त्रणमा लिइएकङ्को स्कुटरलाई आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालय बुझाइएको छ ।
यता, कैलालीमा भारतबाट भन्सार छलेर ल्याइएको ३१ लाख ७२ हजार बराबरको अवैध सामानसहित भारतीय मिनी ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ । गोदावरी नगरपालिका–३ चौकीडाँडाबाट बिहीबार दिउँसो २६ लाख २५ हजार रुपैयाँ बराबरका मोटरसाइकलका टायर, ट्युब र घाँस काट्ने मेसिनसहित भारतीय नम्बर प्लेटको मिनी ट्रक नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय मालाखेती र सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण धनगढीको संयुक्त टोलीले ट्रकका चालक भारतको लखिमपुर खिरीका ३८ वर्षीय चन्द्रकुमार बर्मालाई अवैध सामानसहित नियन्त्रणमा लिएको हो । यस्तै, जिल्लाका विभिन्न स्थानबाट थप साढे पाँच लाख बराबरको अवैध सामान बरामद गरिएको छ । पेय पदार्थ, सुर्ती, बिडी, गुट्खा, कपडा, इलेक्ट्रिक तथा किराना सामान लगायत पाँच लाख ४७ हजार ५० रुपैयाँ बराबरका भन्सार छलीका सामान बेवारिसे अवस्थामा बरामद गरिएको प्रहरीले जनाएको छ । बरामद ट्रक, सामान र चालकलाई आवश्यक कारबाहीका लागि कैलाली भन्सार कार्यालय त्रिनगर पठाइएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु