नेकपाका शीर्षस्थ नेताद्वारा नेकपा (एस)का सम्मानित नेता खनाल र जसपाका अध्यक्ष यादवसंग भेटवार्ता

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका शिर्षथ नेताहरुले देशको वर्तमान संकटग्रस्त अवस्थालाई मध्यनजर गर्दै राजनीतिक भेटलाई तिब्रता दिएका छन् । यसैक्रममा नेपाल कम्युनिस्ट पार्टीका महासचिव तथा समाजवादी मोर्चा नेपालका संयोजक विप्लव सी र नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता तथा समाजवादी मोर्चा नेपालका सदस्य सचिव प्रकाण्ड सीले शुक्रबार पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनाल र जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव, नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र नेपाल कम्युनिस्ट पार्टी (मसाल) का महामन्त्री मोहन बिक्रम सिंहसंग भेटवार्ता गरेका छन्।
नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी र प्रवक्ता प्रकाण्ड सीले शुक्रबार अपरान्ह पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालसंग नेपालको कम्युनिस्ट आन्दोलन र बैज्ञानिक समाजवादी क्रान्ति र बैज्ञानिक समाजवादी कार्यक्रमको बिषयमा गम्भीर छलफल गरेको बताइएको छ।
नेकपाका शिर्षथ नेता र पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता खनालबीच भएको उक्त भेटवार्तामा क्रान्तकारी कम्युनिस्टहरुबीच पार्टी एकताका बिषयमा समेत छलफल भएको बताइएको छ।
यसैगरी , उक्त भेटवार्तामा साम्राज्यवाद र दलाल पुँजीवादले नेपालमा पैदा गरेका संकट र यसको समाधानका निम्ति कम्युनिस्टबीच एकता र मोर्चाबद्ध पहल गर्ने र दलाल पुँजीवादबिरुद्ध र राष्ट्रिय स्वाधिनताको निम्ति संयुक्त संघर्ष गर्ने सहमति समेत भएको बताइएको छ।

यसैगरी, उक्त भेटवार्तामा नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले नेपाल कम्युनिस्ट पार्टीको बिचार , प्रवृति र नयाँ प्रयोगप्रति सकारात्मक र उत्साहित भएको बताउदै उक्त कार्यमा सक्दो सहयोग रहने बताएका थिए।
यसैगरी, शुक्रबार साँझ र नेपाल कम्युनिस्ट पार्टीका महासचिव तथा समाजवादी मोर्चा नेपालका संयोजक विप्लव सी र नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता तथा समाजवादी मोर्चा नेपालका सदस्य सचिव प्रकाण्ड सी र जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवबीच भेटवार्ता भएको छ। उक्त भेटवार्तामा देशको संकटग्रस्त अवस्था र मधेशको समस्या बारे गम्भीर छलफल भएको बताइएको छ।

नेकपाका शिर्षथ नेता र जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष यादवबीच भएको उक्त भेटवार्तामा दलाल पुँजीवाद र त्यसको नेतृत्वले देशमा ल्याएको संकटवाट देश र जनतालाई मुक्त गर्न संयुक्त संघर्ष गर्ने र जनताले खोजेको बिकल्प प्रदान गर्ने सहमति भएको बताइएको छ।
यसैबीच , नेपाल कम्युनिस्ट पार्टीका शिर्षथ नेताहरुले देशको वर्तमान संकटग्रस्त अवस्थालाई मध्यनजर गर्दै राजनीतिक भेटलाई तिब्रता दिएपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भेट्न आग्रह गरेको र शनिबार बिहान नेपाल कम्युनिस्ट पार्टीका महासचिव तथा समाजवादी मोर्चा नेपालका संयोजक विप्लव सी र नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता तथा समाजवादी मोर्चा नेपालका सदस्य सचिव प्रकाण्ड सीले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसंग समेत भेट गरेको बताइएको छ।
देशको राजनीति दिन दुईगुणा रात चौगुणा गर्दै संकटग्रस्त बन्दै गइ रहेको अवस्थामा नेपाल कम्युनिस्ट पार्टीका शिर्षथ नेताहरुले राजनीतिक भेटलाई तिब्रता दिनु सकारात्मक र आशावादी हुन् पुगेको छ। यसले नेपाल कम्युनिस्ट पार्टी देश र जनताप्रति जिम्मेवार बन्दै वर्तमान राजनीतिक संकटको समाजवादी निकास दिने बाटोमा अगाडि बढेको देखिन्छ। नेकपाको यस महान कार्यमा क्रान्तिकारी पार्टी , नेता र आम स्वाभिमानी जनताले साथ र सहयोग गर्नु अपरिहार्य रहेको छ।