सवारी चालक अनुमतिपत्र सम्बन्धि सबै सेवा बन्द

काठमाडौँ । यातायात व्यवस्था विभागले सबै सेवा बन्द गरिएको जनाएको छ। विभागको सवारी चालक अनुमतिपत्र प्रणालीमा समस्या आएसँगै लाइसेन्ससँग सबन्धित सबै सेवा बन्द भएका हुन्। विभागद्वारा विज्ञप्तिमा भनिएको छ – ‘सवारी चालक अनुमतिपत्रसँग सम्बन्धित सबै सेवा (ईडीएल प्रणाली, अनलाइन आवेदन प्रणाली तथा अत्यावश्यक लाइसेन्स प्रणाली)हरूको सबै सेवाहरू बन्द भएको व्यहोरा जानकारी गराइन्छ। ’
विभागले समस्या समाधान कार्य भइरहेको समेत जनाएको छ।
