कोपेनहेगन विश्वकै उत्कृष्ट शहर !

२०८२ श्रावण ५ गते, आईतवार


काठमाडौँ । ग्लोबल लिभेबिलिटी इन्डेक्स २०२५ अनुसार डेनमार्कको कोपनहेगन बसोबासको हिसाबले उत्कृष्ट शहरहरुको सूचीको पहिलो नम्बरमा परेको छ । यस बर्ष अस्ट्रियाको राजधानी भिएना शहरलाई पछि पार्दै कोपनहेगन पहिलो बनेको हो ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार कोपनहेगन सन् २०२५ मा संसारको सबैभन्दा खुशी शहर पनि घोषणा भएको थियो । यस वर्ष दोस्रो नम्बरमा पुगेको भिएना शहर १३ वर्षदेखि लगातार पहिलो नम्बरमा थियो ।
द इकोनोमिस्ट इन्टेलिजेन्स यूनिट (ईआईयू) ले संसारभरिका शहरहरूको वरीयताक्रमसहितको सूची तयार पार्दै आएको छ ।
सूचीको तेस्रो नम्बरमा स्वीट्जरल्याण्डको ज्यूरीक, चौंथोमा अष्ट्रेलियाको मेलवर्न, पाँचौमा स्विटजरल्याण्डको जेनेभा, छैटौंमा अष्ट्रेलियाको सिड्नी, सातौंमा जापानको ओसाका, आठौंमा न्यूजिल्याण्डको अकल्याण्ड, नवौंमा अष्ट्रेलियाको अडिलेइड र दशौंमा क्यानडाको भ्यान्कुभर रहेको छ । – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु