‘कम्युनिस्ट आन्दोलनलाई पुनर्गठन गर्नुको बिकल्प छैन’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव तथा समाजवादी मोर्चा नेपालका संयोजक विप्लव सीले कम्युनिस्ट आन्दोलनलाई पुनर्गठन गर्नुको बिकल्प नभएको बताएका छन् । शुक्रबार बर्दिबासमा आयोजित कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव विप्लव सीले कम्युनिस्ट आन्दोलन मधेशमा झाँङ्गीएर पहाड उक्लिएको बताउँदै आन्दोलनलाई पुनर्गठित गर्नुपर्ने बताएका हुन् ।
महासचिव विप्लव सीले अरु थुप्रै कम्युनिस्ट पार्टीहरु बदनाम भएको स्मरण गर्दै नेपाल कम्युनिस्ट पार्टी नविग्रीएकोले मधेशमा नेकपालाई बलियो बनाउनुपर्ने धारणा राखेका थिए । उनले कम्युनिष्ट पार्टी बलियो भएपछि जनता बलियो हुने जिकिर गर्दै बलियो पार्टी बनाउन कार्यकर्तालाई निर्देशन दिएका थिए ।

नेकपाका स्थायी समिति सदस्य तथा मधेस प्रदेश इन्चार्ज अनिल सीको अध्यक्षतामा भएको कार्यक्रम केन्द्रीय सदस्य शिला सीले सन्चालन गरेकी थिइन् । आस्थाका बन्दी बच्चेलाल सरदारलाई अभिनन्दन गरिएको कार्यक्रममा ३७ जना माओवादी केन्द्रका स्थानीय कार्यकर्ताहरु नेकपामा प्रवेश गरेका थिए ।