नेकपाद्वारा नयाँ कम्युनिस्ट केन्द्र निमाण गर्ने उदघोष : प्रवक्ता प्रकाण्ड सीको नेतृत्वमा वार्ता टोली गठन

२०८२ भाद्र ३० गते, सोमबार

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीको हालै सम्पन्न ९ औं केन्द्रीय समितिको सातौ पूर्ण बैठकले नयाँ कम्युनिस्ट केन्द्रको निमाण गर्ने उद्घोष गरेको छ। उक्त बैठकले देशको वर्तमान संकटग्रस्त अवस्थालाई दृष्टिगत गरी नयाँ कम्युनिस्ट केन्द्रको निर्माण गर्ने नीति अघि सारेको छ। सो पार्टीले नयाँ कम्युनिस्ट केन्द्रको निर्माण गर्न क्रान्तिकारी कम्युनिस्टलाई एकताबद्ध गर्ने र बाम्पन्थिहरुसग मोर्चाबन्दी गर्ने निर्णय गरेको बताइएको छ।
उक्त बैठकले पार्टीले नयाँ कम्युनिस्ट केन्द्र नीति लिएकोले सो अनुरुप कम्युनिस्ट पार्टीसंग वार्ता र संवाद गर्न प्रवक्ता प्रकाण्ड सीको नेतृत्वमा वार्ता टोली गठन भएको बताइएको छ।
यसैगरी , सो पार्टीको ९ औं केन्द्रीय समितिको सातौ पूर्ण बैठकले साम्राज्यवाद र दलाल पुँजीवादका बिरुद्ध संघर्ष गरिराखेका राजनीतिक दल र ब्यक्तिसग सहकार्य गर्ने नीति समेत अघि सारेको बताइएको छ।
यसैगरी, उक्त बैठकले पार्टीको यस आवधिक योजनाभित्र विचार संश्लेसण गर्ने र त्यसको निम्ति आगामी फागुन १ गते उद्घाटन हुने गरी बिशेष महाधिबेशन आयोजना गर्ने निर्णय गरेको छ। बिशेष महाधिबेशनको निम्ति बैचारिक कामको तयारी गर्ने र पार्टीको मुखपत्र जनक्रान्तिलाई विचारधारात्मक विशेषांकको अंकको रुपमा प्रकाशन गर्ने निर्णय गरेको बताइएको छ।
यसैगरी, उक्त बैठकले पार्टीलाई संगठनात्मक दृष्टिले सुद्रिढ गर्न बिस्तार गर्नको निम्ति नयाँ कार्य भिजन गरिएको र नयाँ पार्टी सदस्य बनाउने र नयाँ क्याडर उत्पादनलाई बिशेष प्राथमिकता राखेको छ।
यसैगरी, उक्त बैठकले राष्ट्रको स्वाधिनता , जनजीविकाका र दलाल पुँजीवादको भ्रष्टाचारबिरुद्ध आगामी मङ्सिर अन्तिमवाट बृहत जनसंघर्ष सुरु गर्ने निर्णय गरेको बताइएको छ।
यसैगरी, उक्त बैठकले पार्टीको उत्पादन अभियान प्रभावाकारी र लोकप्रिय भएको निष्कर्ष निकाल्दै पार्टीका केन्द्रिय सदस्यलागायत हरेक पार्टी सदस्य अनिबार्यरुपमा एक उत्पादन कार्यमा जोडिनु पर्ने निर्णयसमेत गरेको बताइएको छ।

प्रतिक्रियाहरु

[anycomment]