तालिबान सरकारद्वारा विश्वविद्यालयको पाठ्यक्रमबाट महिलाले लेखेका पुस्तक हटाउने निर्णय !

काठमाडौँ । तालिबान सरकारले अफगानिस्तानका विश्वविद्यालयको पाठ्यक्रमबाट महिलाले लेखेका पुस्तक हटाउने निर्णय गरेको छ। यससँगै मानवअधिकार र यौन उत्पीडनको शिक्षामा पनि प्रतिबन्ध गरेको छ।
महिला लेखकका १४० किताबमध्ये ‘रासायनिक प्रयोगशालामा सुरक्षा’ जस्ता किताबसमेत समावेश छन्। बीबीसीका अनुसार कुल ६८० पुस्तकमाथि प्रतिबन्ध लगाइएको छ, जसलाई सरिया कानून र तालिबान विरोधी नीति जस्ता कुरा समावेश भएको आरोप छ। विश्वविद्यालयहरूलाई १८ विषयको पढाइमा प्रतिबन्धित गरिएको छ। प्रतिबन्धित विषयमध्ये ६ वटा महिला सन्दर्भमा छन्, जसमध्ये लिंग र विकास, सञ्चारमा महिलाको भूमिका र महिला समाजशास्त्र समावेश छन्।
यो निर्णय तालिबान चार वर्ष अगाडि सत्तामा फर्किएपछिको प्रतिबन्ध श्रृंखलामा नयाँ कदम हो। यसै हप्ता, तालिबानका सर्वोच्च नेताका आदेशमा कम्तीमा १० प्रान्तमा फाइबर–अप्टिक इन्टरनेटमाथि प्रतिबन्धित लगाइएको छ, जसलाई अधिकारीहरूले अनैतिकता रोक्नको लागि गरिएको कदम भनेका छन्। यी कदमबाट विशेषगरी महिला प्रभावित भएका छन्। पछिल्ला प्रतिबन्धले अफगान विश्वविद्यालयहरूमा गहिरो खाडल स्थान सिर्जना भएको र यसले उच्च शिक्षा प्रणालीमा असर पारेको देखिएको छ। – एजेन्सी