वर्तमान राजनीतिक संकटको निकास सर्वपक्षीय अन्तरिम सरकार

२०८२ कार्तिक ३ गते, आईतवार

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव महासचिव विप्लव सीले वर्तमान राजनीतिक संकटको निकास सर्वपक्षीय अन्तरिम सरकार मात्र हुन् सक्नर ठोकुवा गरेका छन् । सो पार्टी द्वारा नवौँ केन्द्रीय समितिको तेस्रो विशेष बैठकको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै सो ठोकुवा गरेका हुन् ।
महासचिव विप्लव सीले भने- ‘जेनजीले जे माग उठाएका थिए, ती वास्तविक माग थिए । हामीले ठुलो सङ्घर्ष गरेर गणतन्त्र ल्यायौँ तर गणतन्त्रमा जसरी सबै पक्षलाई समेटेर सम्बोधन गर्नुपर्थ्यो । त्यो भएन । एक प्रकारले असफल जस्तै भए । ठुलठुला भ्रष्टाचार भयो । एमसीसी पास भयो । मुलुकमा बेथिति बढ्दै गयो। यी सबै समस्या समाधानका लागि क्रान्तिकारी कम्युनिस्ट, देशभक्तहरूको संयुक्त सरकार गठन गर्नुपर्छ । जेनजीहरुलाई समेत समेटेर प्रत्यक्ष कार्यकारी निर्वाचन, निर्वाचन प्रणालीमा सुधार र संविधानको पुनर्लेखन गर्नुपर्छ ।’
महासचिव विप्लव सीले जेनजी विद्रोह राजनीतिक उद्देश्य प्राप्त गर्न असफल भएको बताउदै सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार खारेज गरी सर्वपक्षीय अन्तरिम सरकार गठन गर्नुको बिकल्प नभएको ठोकुवा गरे । उनले भने- अन्तरिम सरकार गठन भयो तर जेनजीले उठाएका माग पुरा भएन । सुशीला कार्की कसरी प्रधानमन्त्री बनिन्, मन्त्रीहरु कसरी बने भन्नेमा मतभेद छ । यत्रो विद्रोहपछि समस्याको हल हुनुपर्थ्यो । तर त्यसो नभई अर्को विद्रोह र अराजकतामा जाने खतरा देखियो । निर्वाचन प्रणाली, राज्यको शासकीय स्वरूप, संविधानको पुनर्लेखन लगायत एजेन्डा पुरा गर्न जेनजी विद्रोह असफल भएको हाम्रो पार्टीको निष्कर्ष छ।’
महासचिव विप्लव सीले जेनजी पुस्ताले जुन एजेन्डा अगाडि सारेका थिए, ती प्रस्ताव नेकपाले धेरै अगाडिदेखि नै उठाएको ठोकुवा गर्दै ती माग तत्कालीन केपी ओली सरकारले सामाजिक सञ्जालमा रोक लगाएकाले विस्फोट भएको बताए । उनले भने- ‘जेनजीले जे माग उठाएका थिए, ती वास्तविक माग थिए । हामीले ठुलो सङ्घर्ष गरेर गणतन्त्र ल्यायौँ तर गणतन्त्रमा जसरी सबै पक्षलाई समेटेर सम्बोधन गर्नुपर्थ्यो । त्यो भएन । एक प्रकारले असफल जस्तै भए । ठुलठुला भ्रष्टाचार भयो । एमसीसी पास भयो । मुलुकमा बेथिति बढ्दै गयो। यी सबै समस्या समाधानका लागि क्रान्तिकारी कम्युनिस्ट, देशभक्तहरूको संयुक्त सरकार गठन गर्नुपर्छ । जेनजीहरुलाई समेत समेटेर प्रत्यक्ष कार्यकारी निर्वाचन, निर्वाचन प्रणालीमा सुधार र संविधानको पुनर्लेखन गर्नुपर्छ ।’
महासचिव विप्लव सीले जेन–जी आन्दोलन संसद् भंग गर्ने र अन्तरिम सरकार बनाउनेसम्म पुगे पनि बलिदान, जीवनको आहुती, नेपाली जनताले दिएको साथ, लाखौं जनता सडकमा निस्किएको आन्दोलनको मर्मलाई पूरा गर्नेखालको राजनीतिक उद्देश्य भने प्राप्त हुन नसकेको बताए ।
उनले जेन–जी आन्दोलनको जगमा बरु उल्टो नयाँ षड्यन्त्रहरु देखिएको ठोकुवा गर्दै भने-‘अहिले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार त गठन गरिएको छ । तर, यो अन्तरिम सरकार हाम्रो बुझाइमा चाहिँ जेन–जी आन्दोलन, त्यसले ल्याएको विद्रोह र त्यसले उठाएका मागको अनुकूल, अनुरुप भएन । यो बनाउँदाखेरी नै एकदम रहस्यमय तरिकाले बनाइयो । यो सरकार हामीले बनाएको हो भनेर जिम्मा लिन कोही पनि तयार छैन । प्रधानमन्त्रीमात्रै होइन, मन्त्रीहरु कसरी बने भन्नेबारेमा आज भयांकर विवादहरु छन् । स्वयं जेन–जीहरुले त्यसलाई अवरोध गरिराखेका छन् र मन्त्रीहरु जेन–जी आन्दोलनको भावनाविपरीत आए भन्ने कुरा उठिराखेको छ। ’
महासचिव विप्लव सीले मन्त्रिपरिषद्मा जेन–जीको सहभागिता नै हुन नसकिराखेको र जेन–जी आफैं विवादमा रुमलिने स्थिति बनिराखेको बताउदै भने- ‘जेन–जी विद्रोहपछि पनि देशले निकास पाउन नसकेर अलमलमा र असफलतातिर धकेलिएको छ । यसले अर्को नयाँ अराजकताको स्थिति ल्याउने देखिन्छ । भ्रष्टाचारको विरुद्धमा, यो व्यवस्थाको अपूर्णता र समस्याको बारेमा, यसको कार्यकारी स्वरुप, व्यवस्थापकीय प्रणालीको बारेमा पुनर्संरचना आवश्यक भएको खण्डमा यसको बोध नै भएको देखिदैन । वर्तमान सरकार खारेज गरिनुपर्ने र यसैलाई टेकेर सर्वपक्षीय अन्तरिम सरकार गठन आवश्यक छ । यसरी बन्ने अन्तरिम सरकारमा उत्पीडित, मजदुर, किसान, दलित, महिला, जनजाति, मधेश, पहाड, बुद्धिजीवी, वैज्ञानिक, व्यवसायीहरु र लामो समयदेखि भ्रष्टाचार, स्वाधीनताजस्ता विषयमा लड्दै आएका राजनीतिक दलहरुको सहभागिता आवश्यक हुन्छ । यो सरकारलाई हाम्रो भनाइ के छ भने– यसलाई खारेज गर्नुपर्छ । वा यसलाई टेकेर अर्को नयाँ अन्तरिम सरकार, सर्वपक्षीय अन्तरिम सरकार गठन गर्नुपर्छ । जो हामीले आन्दोलनको बीचमै पनि भनेका थियौं–त्यसमा जेन–जीका प्रतिनिधिहरु प्रत्यक्ष सहभागी बन्नुपर्छ । नेपालको उत्पीडित, मजदुर, किसान, दलित, महिला, जनजाति, मधेश, पहाड, बुद्धिजीवी, वैज्ञानिक, व्यवसायीहरु सहभागी र राजनीतिक दल, जसले लामो समयदेखि भ्रष्टाचार, स्वाधीनताजस्ता विषयमा लड्दै आएका छन् । नेकपालगायत सत्ताभन्दा बाहिर बसेर राष्ट्रिय स्वाधीनताको पक्षमा लडेकादेखि लिएर सर्वपक्षीय अन्तरिम सरकार निर्माण गर्नुपर्छ।
यसरी बन्ने अन्तरिम सरकारले उच्चस्तरी संविधान सुधार आयोग गठन गर्नुपर्ने र त्यसबाट संविधान संशोधन गरिनु पर्छ । शासकीय स्वरुप, व्यवस्थापकीय प्रणाली, प्रत्यक्षकारीकारी निर्वाचन हुने प्रणाली चाहिन्छ ।’
यसैगरी , महासचिव विप्लव सीले नेपालमा जेनजी आान्दोलनमा देखिएको टी‌ओबी समूहको संलग्नताप्रति आपत्ति जनाउँदै नेपालमा ‘अमेरिकी-नेपाली-तिब्बतीयन सेना’ बनाउन त खोजिएको होइन भन्दै शंका व्यक्त गरे। उनले भने,’अहिले टीओबो भन्ने समूह देखिएको छ । हतियार देखाएको छ । अहिले अमेरिकाको प्रत्यक्ष हस्तक्षेप भएको छ । कतै अमेरिकी-नेपाली-तिब्बतीयन सेना’ बनेको त होइन ? अन्तरिम सरकार गठन भयो तर जेनजीले उठाएका माग पुरा भएन । सुशीला कार्की कसरी प्रधानमन्त्री बनिन्, मन्त्रीहरु कसरी बने भन्नेमा मतभेद छ । यत्रो विद्रोहपछि समस्याको हल हुनुपर्थ्यो । तर त्यसो नभई अर्को विद्रोह र अराजकतामा जाने खतरा देखियो । निर्वाचन प्रणाली, राज्यको शासकीय स्वरूप, संविधानको पुनर्लेखन लगायत एजेन्डा पुरा गर्न जेनजी विद्रोह असफल भएको हाम्रो पार्टीको निष्कर्ष छ।’
महासचिव विप्लव सीले जेनजी पुस्ताले जुन एजेन्डा अगाडि सारेका थिए, ती प्रस्ताव नेकपाले धेरै अगाडिदेखि नै उठाएको ठोकुवा गर्दै ती माग तत्कालीन केपी ओली सरकारले सामाजिक सञ्जालमा रोक लगाएकाले विस्फोट भएको बताए ।
उनले जेन–जी आन्दोलन संसद् भंग गर्ने र अन्तरिम सरकार बनाउनेसम्म पुगे पनि बलिदान, जीवनको आहुती, नेपाली जनताले दिएको साथ, लाखौं जनता सडकमा निस्किएको आन्दोलनको मर्मलाई पूरा गर्नेखालको राजनीतिक उद्देश्य भने प्राप्त हुन नसकेको बताए ।
महासचिव विप्लव सीले जेन–जी आन्दोलनको जगमा बरु उल्टो नयाँ षड्यन्त्रहरु देखिएको ठोकुवा गर्दै भने-‘अहिले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार त गठन गरिएको छ । तर, यो अन्तरिम सरकार हाम्रो बुझाइमा चाहिँ जेन–जी आन्दोलन, त्यसले ल्याएको विद्रोह र त्यसले उठाएका मागको अनुकूल, अनुरुप भएन । यो बनाउँदाखेरी नै एकदम रहस्यमय तरिकाले बनाइयो । यो सरकार हामीले बनाएको हो भनेर जिम्मा लिन कोही पनि तयार छैन । प्रधानमन्त्रीमात्रै होइन, मन्त्रीहरु कसरी बने भन्नेबारेमा आज भयांकर विवादहरु छन् । स्वयं जेन–जीहरुले त्यसलाई अवरोध गरिराखेका छन् र मन्त्रीहरु जेन–जी आन्दोलनको भावनाविपरीत आए भन्ने कुरा उठिराखेको छ। ’
महासचिव विप्लव सीले मन्त्रिपरिषद्मा जेन–जीको सहभागिता नै हुन नसकिराखेको र जेन–जी आफैं विवादमा रुमलिने स्थिति बनिराखेको बताउदै भने- ‘जेन–जी विद्रोहपछि पनि देशले निकास पाउन नसकेर अलमलमा र असफलतातिर धकेलिएको छ । यसले अर्को नयाँ अराजकताको स्थिति ल्याउने देखिन्छ । भ्रष्टाचारको विरुद्धमा, यो व्यवस्थाको अपूर्णता र समस्याको बारेमा, यसको कार्यकारी स्वरुप, व्यवस्थापकीय प्रणालीको बारेमा पुनर्संरचना आवश्यक भएको खण्डमा यसको बोध नै भएको देखिदैन । वर्तमान सरकार खारेज गरिनुपर्ने र यसैलाई टेकेर सर्वपक्षीय अन्तरिम सरकार गठन आवश्यक छ । यसरी बन्ने अन्तरिम सरकारमा उत्पीडित, मजदुर, किसान, दलित, महिला, जनजाति, मधेश, पहाड, बुद्धिजीवी, वैज्ञानिक, व्यवसायीहरु र लामो समयदेखि भ्रष्टाचार, स्वाधीनताजस्ता विषयमा लड्दै आएका राजनीतिक दलहरुको सहभागिता आवश्यक हुन्छ । यो सरकारलाई हाम्रो भनाइ के छ भने– यसलाई खारेज गर्नुपर्छ । वा यसलाई टेकेर अर्को नयाँ अन्तरिम सरकार, सर्वपक्षीय अन्तरिम सरकार गठन गर्नुपर्छ । जो हामीले आन्दोलनको बीचमै पनि भनेका थियौं–त्यसमा जेन–जीका प्रतिनिधिहरु प्रत्यक्ष सहभागी बन्नुपर्छ । नेपालको उत्पीडित, मजदुर, किसान, दलित, महिला, जनजाति, मधेश, पहाड, बुद्धिजीवी, वैज्ञानिक, व्यवसायीहरु सहभागी र राजनीतिक दल, जसले लामो समयदेखि भ्रष्टाचार, स्वाधीनताजस्ता विषयमा लड्दै आएका छन् । नेकपालगायत सत्ताभन्दा बाहिर बसेर राष्ट्रिय स्वाधीनताको पक्षमा लडेकादेखि लिएर सर्वपक्षीय अन्तरिम सरकार निर्माण गर्नुपर्छ।
यसरी बन्ने अन्तरिम सरकारले उच्चस्तरी संविधान सुधार आयोग गठन गर्नुपर्ने र त्यसबाट संविधान संशोधन गरिनु पर्छ । शासकीय स्वरुप, व्यवस्थापकीय प्रणाली, प्रत्यक्षकारीकारी निर्वाचन हुने प्रणाली चाहिन्छ ।’
यसैगरी, महासचिव विप्लव सीले अहिलेसम्म राज्यसत्तामा बसेका नेताहरूको सम्पति छानबिन गर्न आयोग गठन गर्न समेत माग गरे। उनले मुलुकमा रहेको कालोधन समाप्त पार्न ५ सय र एक हजारका नोटहरू बन्द गर्नुपर्ने बताए।
उनले भने-‘भ्रष्टाचारी, तस्कर, माफिया, दलालहरूको कालोधनबाट देशलाई बचाउन केही ठोस नीति बनाई ५ सय र १ हजारका नोट खारेजगरी नयाँ दरका नोट छाप्न राज्यलाई सल्लाह र दबाब दिने निर्णय लिइएको छ। ’

यसैगरी, महासचिव विप्लव सीले माओवादीसहित कम्युनिस्ट एकताका लागि पुराना नेताले मार्गप्रशस्त गर्नुपर्ने बताउदै भने -‘अब नयाँ कम्युनिस्ट केन्द्र निर्माण गरेर, नयाँ पुस्तालाई जोडेर जानुपर्छ । अग्रज नेतालाई सम्मानपूर्वक आग्रह पनि गरेका छौं । एकता गर्ने नै हो तर सरकारमा गएका, मन्त्री भएका बाहेक कम्युनिस्ट आन्दोलनमा भाग लिएका नयाँ पुस्ताको पार्टी बनाइनुपर्छ। अग्रज नेताहरुले मार्गप्रशस्त गर्नुपर्छ ।’
उनले पुराना कम्युनिस्ट पार्टीले आन्दोलनको नेतृत्व गर्ने नसक्ने बताउदै भने- ‘कम्युनिस्ट पार्टीका स्थापित नेता वा बनिबनाउ पार्टीले अब नेपाली जनताको चाहना पूरा गर्न सक्दैनन्,’ उनले थपे, ‘मार्क्सवादी, लेनिनवादी, माओवादी, प्रगतिशील, क्रान्तिकारीका नामबाट उद्देश्य पूरा गर्न सम्भव छैन ।’

प्रतिक्रियाहरु

[anycomment]