‘कम्युनिस्ट पार्टीले सचेतताका साथ संघर्ष गर्नुपर्छ ‘

२०८२ कार्तिक २४ गते, आईतवार


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले कम्युनिस्ट पार्टीले सचेतताका साथ संघर्ष गर्नु पर्ने बताएका छन। शनिबार सो पार्टी निकट श्रमिक समुदाय मोर्चा नेपालको केन्द्रीय सचिवालयको बैठकलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्।
महासचिव विप्लव सीले जेनजी विद्रोहले वास्तविक सत्ता पल्टाउन नसकेको स्पष्ट पार्दै कम्युनिस्ट पार्टीले सचेतताका साथ संघर्ष गर्नुको बिकल्प नभएको बताए। उनले सबै जाति, समुदाय र वर्गको मुक्तिका लागि कम्युनिस्ट पार्टी निरन्तर लड्नुपर्नेमा जोड दिदै कम्युनिस्टहरुमा धैर्यता जरुरी रहेको बताए। ।
रामलाल सीको अध्यक्षतामा बसेको उक्त बैठक मोर्चाका महासचिव त्रिलोचन सीले सञ्चालन गरेका थिए। उक्त बैठकले माघ १० गते देखि काठमाडौंमा छैटौं राष्ट्रिय सम्मेलन गर्ने लगायत निर्णय गरेको छ ।
यसैगरी, उक्त बैठकले प्रदेश, जिल्ला, पालिका र वडास्तर सम्म भेला, सम्मेलन, बैठक, प्रशिक्षण गर्ने, संगठन विस्तार र सदस्यता वितरण एवम् नविकरण गर्ने , विभेद विरुद्ध सशक्त संघर्ष गर्ने, उत्पादनका कार्यलाई बढाउँदै लैजाने, सूचना र प्रकाशनका कामलाई थप व्यवस्थित गर्दै लैजाने, धार्मिक अतिक्रम रोक्न सी संस्कृति सम्बन्धि अन्तरक्रियाहरु गर्ने, राष्ट्रिय स्वाधीनताको पक्षमा संघर्ष गर्ने लगायत निर्णय गरेको बताइएको छ ।

प्रतिक्रियाहरु

[anycomment]