टाइटनिक यात्रुको घडी ३३ करोड २५ लाख २६ हजार रुपैयाँमा बिक्री

२०८२ मंसिर ९ गते, सोमबार


काठमाडौँ । सन् १९१२ मा टाइटानिक पानीजहाज दुर्घटनामा परी मृत्यु भएका एक यात्रीको शवबाट प्राप्त भएको सुनको पकेट घडी १७ लाख ८० हजार स्टर्लिङ पाउन्ड अर्थात ३३ करोड २५ लाख २६ हजार रुपैयाँमा बिक्री भएको छ । लिलाम बढाबढमा विक्री भएको उक्त घडीका लागि १७ लाख ८० हजार स्टर्लिङ पाउन्ड अर्थात ३३ करोड २५ लाख २६ हजार रुपैयाँमा बिक्री भएको हो ।
बेलायतको साउथह्याम्प्टनबाट अमेरिकाको न्युयोर्कतर्फ गइरहँदा टाइटनिक पानीजहाज बरफको चट्टानसँग ठोक्किएर दुर्घटना भएको थियो । उक्त दुर्घटनामा परी निधन भएका १५ सयजना मध्ये इसिडोर स्ट्रसको शवबाट १८ क्यारेट सुनबाट बनेको ‘जुल्स जुर्जेन्सेन’ पकेट घडी प्राप्त भएको थियो । दुर्घटना भएको केही दिनपछि एटलान्टिक महासागरमा स्ट्रसको शव भेटिएको थियो । तर, उनकी श्रीमती इदाको शव भने भेटिएको थिएन ।
स्ट्रसको परिवारको संरक्षणमा रहेको उक्त घडी शनिबार आयोजित ‘हेनरी अल्ड्रिज एन्ड सन अक्सनर्स’ लिलाम घरमा बिक्री भएको हो । स्ट्रस अमेरिकी व्यवसायी, राजनीतिज्ञ र न्यूयोर्कको मेसी डिपार्टमेन्ट स्टोरका सह–मालिक थिए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु