नेपाल कम्युनिस्ट पार्टी (माओवादी) र संयुक्त जेन जी आन्दोलनबीच ४ बुँदे सहमति
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) र संयुक्त जेन जी आन्दोलनबीच चार बुँदे सहमति भएको छ। बिहीबार नेकपा (माओवादी) का महासचिव विप्लव सी र संयुक्त जेन जी आन्दोलनका संयोजक अभियान्ता मिराज ढुंगानाबीच उक्त सहमति भएको हो।
नेकपा (माओवादी) र संयुक्त जेन जी आन्दोलनले सर्वपक्षीय सहमति र अन्तरिम सरकार गठन र संविधानको संसोधन लगायतका ४ बुँदे सहमति पत्रमा हस्ताक्षर गर्दै कार्यगत एकता गर्ने भएका हुन ।
४ बुँदे सहमति पत्रमा सर्वपक्षीय सहमति र अन्तरिम सरकार गठनका लागी संघर्ष गर्ने र जेन-जी विद्रोहको मागहरू पुरा गर्न संघर्ष गर्ने सहमति भएको छ । यस्तै आन्दोलन र जनताको चाहना वमोजिम संविधानको संसोधन, स्थिर सरकार, भ्रष्टाचार विरुद्ध विशेष न्यायीक निकाय गठन र राज्यको अग्रगामी पुनर्संरचनाका लागी संघर्ष गर्ने उल्लेख गरेको छ ।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी) र संयुक्त जेन जी आन्दोलनबीच भएको चार बुँदे सहमति यस प्रकार रहेको छ –

