‘साम्राज्यवादी तथा दलाल तत्वहरुको स्वार्थलाई ध्वस्त पारौँ ‘

२०८२ माघ ४ गते, शनिबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का प्रवक्ता प्रकाण्ड सीले साम्राज्यवादी तथा दलाल तत्वहरुको स्वार्थ ध्वस्त पार्न आग्रह गरेका छन छन् । शुक्रवार कालिकोट –काठमाडौ समाजवादी सम्पर्क मञ्चले काठमाडौमा आयोजना गरेको कार्यक्रमलाई सवोधन गर्दै उनले सो आग्रह गरेका हुन्।
प्रवक्ता प्रकाण्ड सीले देशलाई साम्राज्यवादी तथा दलाल तत्वहरुको स्वार्थसिद्ध पुरा गर्ने ठाउँ बनाउन दिन नहुने भन्दै यसको लागि चनाखो भएर मैदानमा उत्रनु पर्ने बताए। उनले समाजमा आमुल परिर्वतनका लागि कर्णालीवासीले ठुलो बलिदानी गरेको तथ्य प्रस्तुत गर्दै फेरी एकपटक फराकिलो भएर सोच्न अपिल गरे ।
यसैगरी, प्रवक्ता प्रकाण्ड सीले कर्णालीलाई साम्राज्यवादी तथा दलाल तत्वहरुको स्वार्थसिद्ध पुरा गर्ने ठाउँ बनाउन दिन नहुने भन्दै एकपटक यहाँका जनतालाई फराकिलो भएर सोच्न अपिल गरे। उनले भने- ‘फागुनमा राष्ट्रघाती र राष्ट्रवादी, समाजवादी र साम्राज्यवादी, नवदलालहरुबीचको निर्वाचन हुदैछ, यसमा कर्णाली र कालिकोटका जनताले गम्भीर भएर सोच्नु पर्छ। कर्णालीलाई साम्राज्यवादी र दलालहरुको स्वार्थसिद्ध पुरा गर्ने ठाउँ दिनु हुदैन, तपाईहरुले एकपटक साम्राज्यवाद र दलालहरु विरुद्ध लड्नु होस । तपाईहरुले निर्वाचनमा जनताका नेतालाई साथ दिनु होस, यदि तपाईहरुले साथ दिनु भएन भने म एक्लै भएपनि साम्राज्यवाद र दलालहरुका विरुद्ध लड्छु । कर्णालीलाई कसैको स्वार्थसिद्ध बनाउन दिईदैन ।’
प्रवक्ता प्रकाण्ड सीले कालिकोटले समग्र कर्णालीको नेतृत्व गरिरहेको भन्दै एक पटक समाजवादी र राष्ट्रवादी नेतालाई जिताउन अनुरोध गरे ।
स्मरणीय छ, कालिकोटका अधिकांश जनताले प्रवक्ता प्रकाण्ड सीलाई माओवादी जनयुद्धको सुरुवात गर्ने जन्मदाता तथा कर्णाली क्षेत्रका प्रभावशाली नेताका रूपमा चिन्ने गरेका छन्। उनि २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा भारी मतका साथ विजयी भएका थिए ।
नेकपा (माओवादी)का महासचिव विप्लव सी र प्रवक्ता प्रकाण्ड सीले प्रचण्ड नेतृत्वको माओवादीले जनताको अपेक्षा अनुसार काम नगरेको निष्कर्षसहित क्रान्तिका अधुरा सपना पूरा गर्ने उद्देश्यका साथ २०७९ सालमा नेकपा (माओवादी) पुनर्गठन गरेका थिए । प्रवक्ता प्रकाण्ड सी त्यसपछि भएका कुनै पनि निवार्चनमा सहभागी भएका थिएनन ।
नेकपा (माओवादी)का प्रवक्ता प्रकाण्ड सीले प्रचण्डसँगको राजनीतिक विभाजनपछि एकीकृत जनक्रान्तिको अभियानमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै देश र जनताको हितमा महत्वपूर्ण योगदान दिँदै आएका छन ।
तत्कालिन नेकपाले )केपी शर्मा ओली प्रधानमन्त्री रहेको तथा प्रचण्ड–ओली नेतृत्वमा पार्टी एकता गरी नेकपा बनेको अवधिमा भ्रष्टाचारविरुद्ध कारबाही गरेकै कारण करिब दुई वर्ष प्रतिबन्धको सामना गर्नुपरेको थियो। २०७७ फागुन २१ गते सरकारसँग भएको तीन बुँदे सहमतिपछि तत्कालीन नेकपा तथा हालको नेकपा (माओवादी) खुला राजनीतिमा प्रवेश गरेको हो। एकीकृत जनक्रान्तिको एक मोर्चाका रूपमा २०८२ फागुन २१ गतेको निर्वाचनलाई उपयोग गर्ने नीति अनुसार पार्टीले गत मंसिर २ गते निर्वाचन आयोगमा औपचारिक रूपमा नेकपा (माओवादी) नाममा दर्ता भई निर्वाचन प्रक्रियामा सहभागी भएको छ।
प्रचण्ड नेतृत्वको नेकपा (माओवादी केन्द्र) ले माधव नेपाललगायत साना दलहरूसँग एकता गर्दै माओवादी पहिचान त्यागी नेपाली कम्युनिष्ट पार्टी बनाएपछि नेकपाले जनयुद्धकालीन नाम नेकपा (माओवादी) पुनः प्रयोग गरेको हो। निर्वाचन आयोगबाट गुलाफ चिन्ह प्राप्त गरेको माओवादीले समानुपातिकतर्फ बन्द सूची पेश गरिसकेको छ भने प्रत्यक्षतर्फका उम्मेदवारहरूको नाम सार्वजनिक गर्न थालेको छ।
यसैक्रममा नेकपा (माओवादी) कालिकोटले प्रतिनिधिसभा निर्वाचनका लागि प्रवक्ता प्रकाण्डको नाम एकल रूपमा सिफारिस गरेको हो, जसले जिल्लामा नयाँ राजनीतिक तरंग सिर्जना गरेको छ। एकातर्फ नेपाली कम्युनिष्ट पार्टीबाट प्रचण्ड र अर्कोतर्फ माओवादीबाट प्रवक्ता प्रकाण्ड सी उम्मेदवार सिफारिस हुनु विगतमा एउटै पार्टीका नेताहरू अहिले फरक दलबाट चुनावी प्रतिस्पर्धामा उत्रने अवस्था बनेको भन्दै यसले व्यापक चासो जन्माएको स्थानीय नेताहरू बताउँछन्।
कालिकोटका जनताले भने स्थानीय स्तरमै जरा गाडेको, देश र जनताप्रति प्रतिबद्ध नेता भएकाले प्रवक्ता प्रकाण्ड सी नै विजयी हुने आकलन गर्न थालेका छन्।

प्रतिक्रियाहरु

[anycomment]