नेकपा (माओवादी) र देश भक्त समाज पार्टीविच कालीकोटवाट प्रकाण्ड सीलाई जिताउने सहमति
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी) र देश भक्त समाज पार्टीविच चुनावि एकता गर्दै कालीकोटवाट नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का उम्मेदवार प्रकाण्ड सीलाई जिताउने सहमति भएको छ। उक्त सहमति अनुसार देश भक्त समाज पार्टी कालीकोटमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का उम्मेदवार प्रकाण्ड सीलाई साझा उम्मेदवारको रुपमा ग्रहण गरी चुनावि क्रियाकलापहरु अगाडी बढाउनका लागी सहमत भएको छ ।

यस बिषयमा नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता तथा प्रतिनिधि सभा सदस्यका उम्मेदवार प्रकाण्ड सी र देश भक्त समाज पार्टीका महासचिव भैरव बहादुर शाहीबीच भएको सहमति यस प्रकार रहेको छ – ‘ देशमा भएको संक्युटपूर्ण अवस्था र यहि मित्ति २०८२ भदी २३, २४ गतेको जेन्जी (Gen-Z) आन्दोलन पश्चात उत्पन्न जटिल राजनैतिक परिस्थिीमा हाम्रो जिम्मेवारीलाई मध्यनजर गर्दै यस्तै मित्ति २०८२ साल फागुन २१ गते हुन गईरहेको प्रतिनिधी सभा सदस्यको निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी) र देश भक्त समाज पार्टीविच चुनावि एकता गरी कालीकोट जिल्लाको हकमा ने. क. पा. (माओवादी) पार्टीका उम्मेदवार खड्ग बहादुर विश्वकर्मा ( प्रकाण्ड सी) लाई साझा उम्मेदवारको रुपमा ग्रहण गरी चुनावि क्रियाकलापहरु अगाडी बढाउनका लागी सहमत भएका छौं।
हाम्रो साझा उम्मेदवारको चुनाब चिन्ह गुलाफको फुलमा मतदान गरी अत्याधिक बहुमतले बिजयी गराउन सम्पुर्ण कालीकोट वासी आमाबुवा, दाजुभाई, तथा दिदी बहिनीहरुमा हार्दिक अपिल गर्दछौं।’
