‘श्रमजीवी जनताको प्रतिनिधित्व गर्ने पार्टी र नेतालाई जिताउनु होला’

२०८२ माघ २५ गते, शनिबार


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का प्रवक्ता तथा प्रतिनिधि सभाका उम्मेदवार प्रकाण्ड सीले उत्पीडित बर्ग,समुदायको मुक्तिको लागि श्रमजीवी जनताको प्रतिनिधित्व गर्ने पार्टी र नेतालाई जिताउनुको बिकल्प नभएको बताएका छन्। शुक्रबार कालिकोटको खाँडाचक्र नगरपालिकाको वडा नम्वर १ कोईरलगाउँमा आयोजित चुनावी भेटघाट कार्यक्रमलाई सम्वोधन गर्दै उनले सो कुरा बताएका हुन्।
उक्त चुनावी भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै प्रवक्ता प्रकाण्ड सीले उत्पीडित बर्ग,समुदाय, महिला, युवा,कर्मचारी,शिक्षक लगायतले आफ्नो अधिकार स्थापनाको लागि सहि नेता छान्नुको बिकल्प नभएको बताउदै भने भ्रष्ट र कमिशनखोरहरुलाई जिताएर पठाए नेपाली जनताले फेरी पनि दुख पाउने निश्चित छ ।
यसैगरी, प्रवक्ता प्रकाण्ड सीले समाजको उत्पीडन विरुद्ध स्थायी शिक्षकको जागिर छोडेर जनयुद्धमा बन्दुक बोकेर लडेको इतिहास कोट्याउदै उत्पीडन अन्त्य नहुदासम्म लडिरहने बताए । उनले भने- ‘जनयुद्ध त्यत्तिकै भएको होईन,वर्गीय, जातीय, क्षेत्रीय उत्पीडन विरुद्ध मैले स्थायी शिक्षकको जागिर छोडेर बन्दुक बोकेको हुँ । अहिले पनि हाम्रा समूदाय,दिदिवहिनीहरु, दाजुभाईको मुक्ति हुन सकेको छैन, माओवादी भित्र प्रचण्ड वावुरामहरुले जित्न लागेको जनयुद्ध विघठन गरे, विचलनकारी भए, जसले गर्दा जनताको व्यवस्था अझै भईसकेको छैन ।’
यसैगरी, प्रवक्ता प्रकाण्ड सीले जनताको व्यवस्था हुनका लागि जनताको आफ्नै नेताले जित्नु पर्ने बताउदै २०६४ सालमा सविधान सभाको सदस्यमा विजय भएर काठमाडौमा गएपनि सिंहदरवार भित्रका अपराधिहरुले जनताको संविधान बन्न नदिएको प्रष्ट्याए । उनले
माओवाद र माओवादी नामै सिध्याएर प्रचण्डहरुले नेपाली कम्युनिष्ट पार्टी बनाउनु नेपाली जनतालाई धोका दिएको बताउदै जनताको वास्तविक माओवादी पार्टी अहिले पनि जीवित गरेको बताए ।
यसैगरी, प्रवक्ता प्रकाण्ड सीले आफु २०४२ सालमा यही गाउँमा बसेर टुयुसन पढी एसएलसी दिएको स्मरण गर्दै जनताको नेतालाई सम्झिन आग्रह गरे।

प्रतिक्रियाहरु

[anycomment]