आसन्न प्रतिनिधि सभा निर्वाचनमा मतदाताले विवेक नपुर्याए देशलाई ठूलो खतरा
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का प्रवक्ता तथा कालिकोटवाट प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्षतर्फका उम्मेदवार प्रकाण्ड सीले आसन्न प्रतिनिधि सभा निर्वाचनमा मतदाताले विवेक नपुर्याए देशलाई ठूलो खतरा हुने ठोकुवा गरेका छन्। चुनाव प्रचारका लागि कालिकोट पुगेका प्रवक्ता प्रकाण्ड सीले खाँडाचक्र नगरपालिका वडा नम्बर ९ र १० का जनतासँगको अन्तरक्रिया कार्यक्रममा भाग लिँदै सो ठोकुवा गरेका हुन्।
प्रवक्ता प्रकाण्ड सीले २०६४ सालमा अत्यधिक बहुमतले जिताएर संविधान बनाउन कालिकोटका जनताले काठमाडौं पठाएले स्मरण गर्दै प्रकाण्डले देशी÷विदेशी शक्तिहरूले उत्पीडित वर्ग, समुदाय, उत्पीडित क्षेत्रका पक्षमा संविधान नबन्ने देखेपछि आफूहरु विद्रोहको अधिकारलाई प्रयोग गर्दै संघर्षमा होमिएको बताए । उनले संघर्षमा होमिदा जनतासँगको भेटघाट पातलिएको स्वाभाविक भएको बताउदै माओवादी जनयुद्धका कारण गणतन्त्र आएको भएपनि माओवादी कमजोर हुँदा त्यो गणतन्त्र दलाल र साम्राज्यवादको कब्जामा गएको बताए । उनले नेपालको संविधान जनताको पक्षमा नबन्दा नेपाली जनताले दुःख पाएको ठोकुवा गर्दै आफू अहिले पनि संघर्षमै रहेकोे बताए । उनले भने-
“हामीले अहिलेको चुनावलाई संघर्षको मोर्चाका रूपमा प्रयोग गर्न भनेर तपाईंसँग आएका छौं । हामी नेपालको संविधानलाई देशको पक्षमा, युवाको पक्षमा, महिलाको पक्षमा, दलितको पक्षमा, जनजातिको पक्षमा, उत्पीडित वर्गको पक्षमा बनाउन चाहन्छौं । देशमा सामाज्यवादको हस्ताक्षप बढेको छ । राष्ट्रियता संकटमा परेकाले देश रहनेकी नरहने स्थितिमा पुगेको छ । त्यसका लागि हामीलाई तपाईंको तागत चाहिएको छ । त्यो तागत भनेको तपाईंको मत हो । यो मतलाई आफ्नो पक्षमा सदुपयोग गर्नुहोस् भन्ने हाम्रो अनुरोध छ ।“
यसैगरी, प्रवक्ता प्रकाण्ड सीले आगामी चुनाव नियमित चुनाव जस्तो नभएको बताउँदै यो चुनावमा मतदाताले विवेक नपुर्याए देशलाई ठूलो खतरामा रहेको खुलासा गरे । उनले कालिकोटको जनताले राष्ट्रको स्वाधिनता, राजनीतिक अधिकार र राष्ट्रको रक्षाका लागि मतदान गर्नुपर्ने बताउँदै विदेशी शक्तिको षड्यन्त्रलाई परास्त गर्न कालिकोटको जनता सक्षम रहेको बताए ।
