जनयुद्ध र क्रान्तिको कार्यभार

२०८२ फाल्गुन ४ गते, सोमबार
बिनोद सी

जनयुद्ध भनेको निश्चित उद्देश्य प्राप्त गर्ने जनताद्वारा लडिएको युद्धलाई बुझाउँछ र क्रान्ति भन्ने बितिक्कै आमूल परिवर्तनको बाटो, यी दुबैमा अभेद्य फरक छैन् । तर जनयुद्ध तत्कालीन परिस्थितिको अन्तसंगै समापन हुन्छ भने क्रान्ति निरन्तर्ताको माग गर्दछ । हामीले लडेको युद्ध दुबैको फ्युजन थियो । हाम्रो अनुभवमा पुष्पलालको कार्यदिशालाई नै हामीले पच्छ्याएका थियौं । सर्वहारा नेतृत्वमा जनताको संयुक्त प्रयासको निम्ति छापामार युद्ध हँुदै आम जनताको सहभागीतामा समाजवाद साम्यवादको लागी जनताको आफ्नै सैन्य ब्यवस्था गरी यो युद्ध सञ्चालन हुने बाटो स्वयम् पनि लागु गर्दै पुष्पलालले अपनाएका थिए ।

त्यसबेलाको भूराजनीति रुसमा समाजवादी क्रान्तिको सफलता र हाम्रो छिमेकी मुलुक चीनमा नौलो जनवादी क्रान्ति इस्वी सन् १९४९ मा बिजय भएर हरेक क्षेत्रमा आमूल परिवर्तन गर्दै अगाडी बढिरहेको थियो विश्व नै समाजवादीमय हँुदै कही विजय गरी सकेको त कहीँ त्यो बाटोमा अगाडी बढिरहेको नै विश्वको तत्कालीन परिस्थिति थियो । त्यसबेला विश्व अन्तर्विरोध साम्राज्यवाद र उत्पीडित मुलुकको बीचमा केन्द्रित थियो भर्खरै दोश्रो विश्व युद्ध १९३९–१९४५ पुरै छय वर्ष वित्न लाग्दा अमेरिकाले जापानको नागासाकी हिरोसिमामा परमाणु बम हानेर लाखौ जापानीलाई कत्लेयाम ग¥यो । अमेरिकी साम्राज्यवाद विश्व कै नम्बर एक शत्रुको भुमिका पुरा गर्दै अघि बढ्दै थियो । जसलाई अहिले पनि निरन्तरता दिँंदैछ ।

यता तिर नेपाल अर्धसामन्ति अर्ध औपनिवेशिक अवस्थाबाट अघि बढ्दै राजतन्त्र अन्तर्गत निर्वाचनको नाटक मञ्चन गर्दै आएको थियो । त्यसबेला जनताको मौलिक हकमा पुरै बन्देज लगाइएको थियो प्रगतिशील साहित्यहरु लेख्न पढ्न पुरै मनाही थियो म स्तम्भकार पनि किताब ल्याएको भनि राजकाज अपराधको डण्डाबाट बच्न सकेको थिइन त्यही पुस्तक ल्याउँदा रुपन्देही रोहिंणीका कमरेड इन्द्र कमल पाण्डे, दिवंगत कमरेड रामप्रसाद हरिजन र दिवंगत कमरेड गोकुल हरिजन कैयौं महिना काराबास बस्नु परेको थियो भने बिनोद उपाध्या भुमिगत हुन बाध्य बनाइए ।

देशभरि आतंक श्रृजना गरिएको थियो भने कैयौलाई सिधै झेल कोचिएको थियो विकाश समृद्धिको नामले कुनै उल्लेखनीय काम भएको थियो भन्ने लाग्दैन तर रुस चीन र भारतको सहयोगले केही कल कारखाना अवश्य निर्माण गरिएको थियो जस्तै जनकपुर चुरोट कारखाना, बुटवलको धागो उद्योग, गोरख काली रबर उद्योग बाँसबारी छाला जुत्ता चीनी कारखाना, भृकुटी कागज कारखाना जुन नव उदारवादको नामले बेच्ने काम शुरु गरियो र अहिलो सबै बेचि खाइयो । कसले बेच्यो ? तत्कालीन राजनैतिक दल राजाहरु र दलाल उद्योगीहरु । देशको यो परिस्थितिले नयाँ उत्पादन सम्बन्धको माग गरिरहेको थियो तर देश निरंकुशताको प्राकाष्टा नाघ्न लागेको थियो । विदेशसँग कूटनैतिक सम्बन्ध असंग्न परराष्ट्र नीति र पञ्चशीलको सिद्धान्त अनुसार केही साकारात्मक काम पनि न भएको होइन । फेरि त्यसैबेलादेखि राष्ट्रघातको शुरुवात भइसकेको थियो विभिन्न असमान सन्धि समझौताले नेपाली इतिहासको पाना नै भरिएके छ यसमा सबै संसदवादीहरु मुछिएका छन् भने राजाहरुको पनि समर्थन रहेकोलाई इन्कार गर्न सकिन्न ।

उपरोक्त राष्ट्रिय अन्तर्राष्ट्रिय परिस्थितिले नेपालमा पनि परिवर्तन चियाइ रहेको थियो अर्का तिर क्रान्तिकारीहरु आ–आफ्नै तवरले सक्रिय रहेका थिए नेपाली काँग्रेसले २००७ सालमा बल प्रयोग गरी राणाशासनको अन्त गर्न एउटा युद्ध लड्यो जुन राजा त्रिभुवनलाई गद्दीमा बस्ने वातावरण बनाइ दियो २००७ सालको युद्धमा कम्युनिष्टहरुको भरपुर साथ थियो तर नयाँको रुपमा राणा शासनको अन्त गरी शाहको शासन ल्याइयो ।

त्यसबेला हाम्रो वर्ग भन्नाले नेपाली जनताले केही प्राप्त गर्न सकेनन । झन पछि त कपिल वस्तु र नवलपरासीमा नेपाली जनताको सम्हार गरियो तर आजका मानिसहरु विगतको तपस्यालाई भुल्दै गएको देखिन्छ । हामी कम्युनिष्टहरु २०४६ सालको निर्दल बहुदलको संघर्षमा संयुक्त जनआन्दोलन समितिको नामले आन्दोलनमा सरीक हुँदै नेपालमा बहुदलीय व्यवस्थाको आगमन भयो ।

यही राष्ट्रिय अन्तर्राष्ट्रिय परिस्थितिको सेरोफेरोमा नेपाली सम्वत २००६ सालमा पुष्पलाल, निरञ्जन गोबिन्द बैद्य, नारायन बेलास र नरबहादुर कर्माचार्यद्वारा नेपाल कम्युनिष्ट पार्टीको जन्म भएको थियो । यसको इतिहासको यथार्थ परक वर्णन अझ पनि भइसकेको छैन आ–आफ्नो ढंगले विश्लेषण भइ नै रहेको छ यो स्तम्भकारले पनि संक्षिप्तमा केही कुरा राख्नु गलत हुँदैन ।

कम्युनिष्ट पार्टीको जन्मलाइ नै बिबादित बनाइयो कसैले अप्रिल २२ त कसैले १५सेप्टेम्बर भनि अलग–अलग विश्लेषण गरियो र अहिलेसम्म यसको निक्र्योला न गरी छुट्टै भिन्दै आत्मरति लिएको पाइन्छ र अलग–अलग संगठन चलाइनै रहेका छन् । वर्ग रहुन्जेल वर्ग संघर्ष चलिरहने कुरा अकाट्य छ । विश्वमा खासगरी दुइ दर्शन दुइ राजनीति र दुइ अर्थ प्रणाली संस्कार संस्कृति यसैको सेरोफेरोमा रहेको हुन्छ । पूँजीवादी कार्यदिशाको विरुद्ध कम्युनिष्टहरुको कार्यदिशा हुने गर्छ तर लेनिनको भनाइ अनुसार क्रान्तिकारीहरु जनताको आकाक्षा अनुसार कहिले काहीँ सुगुरको खोर भित्र पसेर निस्कनु जान्नु पर्दछ । अर्थात नेपालको हकमा संसदीय ब्यवस्थालाई कसरी प्रयोग गर्ने सवालसँग जोडिएको छ कसैले उपयोगको नाममा संसदवादी भइहाल्ने कसैले बहिष्कारको नाममा दुश्मनलाई हालीमुहाली गर्न दिने जबकि हालको सन्दर्भमा यी दुबै बाटो गलत रहेको पुष्टि भइसकेको छ

हामीले २०४८ सालमा भाग लिइ महान जनयुद्धको घोषणा गरेको इतिहास साक्षी छ । कम्युनिष्ट पार्टीको स्थापनासँगै थुप्रै मतमतान्तर देखाप¥यो महासचिव फेरिदै गए कोही त राजावादी पोल्टामा पुगे कोही रुस लबी त कोही चीन लबीको रुपमा देखिएको यथार्तता सबै सामु छर्लंग छ ।

नेपालमा थुप्रै विद्रोह र क्रान्ति हुँदै आएको तथ्यबाट इन्कार गर्न सकिन्न । यसमा खासगरी तीन वटा क्रान्ति हाम्रै जमानामा भयो । २००७ सालको क्रान्तिमा नेपाली काँग्रेस र कम्युनिष्टहरुको संलग्नता रहेको सबैलाई जानकारी छ तर, यसको नेतृत्व नेपाली काँग्रेसले नै गरेको थियो र राणा शासनको ठाउँ राजा त्रिभुवनलाई गद्दीमा बसालियो राजनैतिक पीडितहरुलाई केही जग्गा पनि वितरण भएको थियो पछि राजा महेन्द्रद्वारा २०१७ सालमा ‘कु’ गरी पञ्चायती व्यवस्थाले जनताको हुर्मत लिन थाल्यो । आगो सल्किदै गयो २०४६ मा जनताको विद्रोह भयो र बहुदलीय ब्यवस्था आयो यसपछि पनि निजिकरणको नाममा उद्योगहरु पश्चिमाले पठाइ दिएको उदारतावादको नामले बेचिखाए या बेच्न लगाए र पञ्चायती व्यस्था कै सिको गरी निरंकुसता अपनाइ जनतालाई दुःख दिनु र भ्रष्टाचार गरी मोटाउन थाले हुनलाई कृ्ष्णप्रसाद भट्टराइको नेतृत्वमा लामो समयदेखि दुःख पीडा सहदै आएका राजनीतिक कार्यकर्तालाई केही राहत अवश्य दिएका थिए । तर जनताको हाथ लाग्यो शुन्य । त्यसपछि २०२८ को झापा बिद्रोह र २०५२ फाल्गुन एक गतेदेखि नेकपा (माओबादी) को नेतृत्वमा महान जनयुद्धको संखघोष भयो यो क्रान्तिले नौलो प्रजातान्त्रिक व्यवस्थाको लागी गाउँबाट शहर घेर्ने रणनैतिक कार्य दिशा अन्तर्गत राष्ट्रियता, जनतन्त्र र जनजिविकाको कार्यनैतिक कार्यदिशा पुरा गर्न जनताको बलमा यो युद्ध पुरै दस वर्षसम्म विभिन्न बाधा विरोध अवरोधलाई छिचोल्दै पत्याक्रमणको फौजी कार्य दिशामा पाइला टेक्यो । जनताको घर आँगन माओवादीहरु खुला घुम्न थाले भने सुरक्षा निकाय शहर केन्द्रित हुन बाध्य भयो । स–साना जनताको दुःखमा पनि माओवादी सरीक हुन थाल्यो जनताको सेना जनताको अदालत कायम गरी जनतालाई नै न्यायधीश बनाइएको थियो । २०५८ पछि आवश्यकता अनुसार डाँका, तस्करहरु पनि जनयुद्धमा हेलिन पुगेर कैयौं न हुने काम पनि गर्न थालेका थिए त्यसैबेला इमान्दार कार्यकर्ताहरु पार्टी बिग्रिरहेको कुरा सुझाएका थिए तर नेतृत्व न सुने झैं ग¥यो र आफ्नो सपरिवार पार्टी कै सुरक्षामा बसे पछि तिनलाई पनि पछि जनयुद्धका सिपाही बताइयो ।

जनयुद्ध चर्मोत्कर्ष तिर पुग्दै थियो त्यसैबेला अमेरिकी सेना चीनलाई घेर्न र जनयुद्धलाई निस्तेज पार्न नेपाली शाही सेनासँग मिलि जनयुद्ध दबाउन कोसिस गरेकोले हामी अमेरिकी शाही सेना भन्न थालेका थियौं सेनाको र उच्चफोर्टी फिकेशन समेत अमेरिकी योजनामा बनेको तथ्यले पुष्टि गरेको छ भने पश्चिमाहरु सक्रिय हँुदै विभिन्न आइएनजिओ र एनजिओ मर्फत योरोपियन मुलुक पनि सक्रिय नै थिए संगै जनयुद्धका सञ्चालकसँग सम्बन्ध बनाइ सञ्चार हेतु बाँकी टकी उपलब्ध गराइ सम्बन्ध विस्तार गर्दै गएकोमा नेतृत्वले योरोप युनियनसँग जोडिएको संस्थामाथि आक्रमण न गर्न आदेश ग¥यो । यो तथ्यसंगै डाक्टर बाबुराम भट्टराइ भारतको जेनयुको प्रोफेसर सीताराम याचुरी सिआएसँग जोडिएकोले नेतृत्वसँग चिनजान गराइएको थियो । भारतले गरेको असमान सन्धि सम्झौता खारेजी र नेपालमा उसको हस्तक्षेप विरुद्ध सुरुग युद्ध लड्ने भनेर प्रोपोगण्डा गरी गराइ भारतसँग घनिभूत मित्रता गरिए पश्चात १२ बँुदे ८ बँुदे सम्झौता भएको थियो उता अनमिनलाई बोलाइ सेना संयोजन गर्दै संसदीय ब्यवस्थालाई अंगीकार गरियो र २०६२–०६३तिर सबै राजनैतिक दल संगै मिलि बिद्रोह भयो यस किसिमले जित्दै गएको लडाइ नै दोश्रो क्रान्तिको रुपमा केही थोरै प्राप्त गरी राजतन्त्रको अन्तसंगै पटाक्षेप हुन पुग्यो । कैयौं नेतादेखि कार्यकर्ता संसदीय ब्यवस्थामा पलायन भएर चुर्लुम्म भ्रष्टाचारमा डुबेको कारण न पहिचान कायम भयो न त नेपाली जनताले केही पाए । आंसिक उपलब्धि संगै जनयुद्ध समाप्त भएको घोषणा भयो ।

जनता उकुस मुकुस जीवन जीउन बाध्य पारिए तीन ठुला दलले भ्रष्टाचारलाई विकासको पहिरनमा लुकाइ रहे । यता नेकपा माओवादीको खरीबोटको भेलाले यसभित्र अन्तर्विरोध चर्की नै रहेको थियो पछि आएर माओवादी कैयांै चिरामा बाँडिए पनि जनयुद्धको बाँकी कार्भार पुरा गर्न कागजमा लेखियो तर, व्यवहारमा कहिल्यै लागू गरिएन पछि माओवादी नेतृत्वलगायतले एमालेमा पलायन भए । अदालतले पुरानै नाममा जान आदेश गरे पश्चात माओवादीलाई पुरै वदनाम गरी गराइ यहाँबाट बिदा लिए भने नेकपा (माओवादी)हाम्रो इतिहास हो भनेर विप्लव सी ले जनयुद्धको बाँकी कार्यभारसंगै अहिले जेन–जी बिद्रोहमा बाँकी रहेको काम कार्यवाही र महान शहीदहरुको सपना समेतलाई आफ्नो पार्टीको दायित्व सम्झेर अगाडी बढेको देखिन्छ ।

इतिहास दोहरिन्न त्यसकारण माक्र्सवादमा विकास गरी नेपाली अर्थतन्त्र निर्माण श्रम आधारित नेता तथा श्रम आधारित कार्यकर्ता निर्माण गर्दै महान शहीदहरुको सपना पुरा गर्न यी क्रान्तिहरुको बाँकी कार्यभार पुरा गर्न दत्तचित्त लागेका छन् यहाँ इमान्दार अनुशासित नेताहरु नै बेपत्ता घाइते तथा शहीदहरुको सपना पुरा गर्ने बाचा गर्दै नेकपा(माओवाद) ले उद्घोष गर्दै दुश्मनले खडा गरेको हरेक मोर्चाबाट प्रतिकार गर्न निर्वाचनमा गोलाकार भित्रको गुलाबको फुलमा छाप लगाउन आम जनतालाई अव्हान गर्दै अघि–अघि बढ्ने कोसिस भइरहेको छ ।

तेश्रो क्रान्ति जेन–जीको नाममा देखियो तर भाद्र २३ मा दर्जनौं बिद्यार्थीहरुको हत्या पश्चात भाद्र २४ को दिन सरकारी भवन सिंहदरबार अदालत राष्ट्रपति निवासमा आगोको मुस्लो उठाइयो आर्का तिर जेन–जी आन्दोलन अपहरण गरी अमेरिकी सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भयो । जेन–जीले चुनावको माग गरेको थिएन भ्रष्टाचारीलाई कार्यवाही सुशान र प्रतिबन्धित मिडिया खोल्ने चाहना थियो यो कुनै पनि तरिकाले सम्बोधन भएन मर्ने जनताको छोरा छोरी तर सबै अपराधी सरकारमा पुगी अमेरिकालाई खुलेयाम चलखेल गर्न वाताबरण बनाइयो तर, जनताले केही प्राप्त गर्न सकेनन ।

प्रतिक्रियाहरु

[anycomment]