माक्र्सवाद– लेनिनवाद–माओवादका सैद्धान्तिक मान्यता
पहिलो पटक ?समा सन् १८८३ मा माक्र्सवादी समूहको विकास भयो । त्यो पलेखानोभको नेतृत्वमा गठन गरिएको मजदूर मुक्ति दल थियो । यहि नै ?समा स्थापित कम्युनिष्ट पार्टी थियो र यसलाई लेनिन (सन् १८७० – १९२४) ले नयाँ ढंगले विकास गर्नुभयो ।
माक्र्सवादको गुणात्मक विकासको दोश्रो चरण लेनिनवाद हो । पूँजीवादले साम्राज्यवादमा प्रवेश गर्नु उत्पादन शक्ति, सर्वहारा आन्दोलन तथा ज्ञान विज्ञानका विविध क्षेत्रमा थप प्रगति हुँदै जानु र यस प्रकारको नयाँ परिस्थिति अनु?प माक्र्सवादलाई नयाँ उचाँमा विकसित गर्नुपर्ने ऐतिहासिक आवश्यकताका बीचबाट लेनिनवाद जन्मियो । पूँजीवादको चरम अवस्था साम्राज्यवाद भएको व्याख्या गर्दै लेनिनले साम्राज्यवाद र सर्वहारावर्ग बीच भीषण संघर्ष हुने कुरा उल्लेख गर्नुभयो । लेनिनवाद भनेको साम्राज्यवाद र सर्वहारा क्रान्तिको युगको माक्र्सवाद हो भनेर ष्टालिनले व्याख्या गरेका छन् । लेनिनवाद सामान्यतया सर्वहाराक्रान्तिको सिद्धान्त तथा कार्यनीति र विशेषतः सर्वहारावर्गको अधिनायकतन्त्रको सिद्धान्त र कार्यनीति हो । लेनिनले माक्र्सवादको रक्षा र विकास मात्रै गर्नुभएन, सन् १९१७ अक्टुबर २५ का दिन महान् ?सी अक्टुबर समाजवादी क्रान्ति आफनै नेतृत्वमा सम्पन्न गर्नुभयो ।
लेनिन विश्वसर्वहारा वर्गका महान् नेता र लेनिनवादका प्रवर्तक हुनुहुन्छ । सिद्धान्त र विश्व दृष्टिकोण बारे लेनिनका महत्वपूर्ण शिक्षा रहेका छन् । लेनिनवाद, सिद्धान्त, विश्वदृष्टिकोण र शिक्षाबारे माओ भन्नु हुन्छ, “लेनिनवादको सिद्धान्तले माक्र्सवादको विकास गरेको छ । यो कुन सन्दर्भमा भएको छ भने प्रथम, विश्वदृष्टिकोणमा, भौतिकवाद र द्वन्द्ववादमा र द्वितीय क्रान्तिकारी सिद्धान्त र कार्यनीतिमा विशेषतः वर्गसंघर्ष, सर्वहारा वर्गको अधिनायकत्व र सर्वहारा वर्गका राजनीतिक पार्टीका प्रश्नहरूमा र यसका साथै समाजवादी निर्माणमा लेनिनका शिक्षाहरू रहेका छन् ।”
अतः यहाँ लेनिनवादले माक्र्सवादको विकासमा जुन उचाइ थपेको छ, त्यस विषयबारे ष्टालिन र माओका भनाइहरूले सटिक र सूत्रबद्ध ?पमा प्रकाश पारेका छन् । लेनिनले माक्र्सवादी विश्वदृष्टिकोणमा जुन नयाँ उचाई थप्नु भयो त्यो माक्र्सवादी ज्ञानभण्डारमा महत्वपूर्ण उपलब्धि हो । जस्तो कि
पहिलो ः आदर्शवादी प्रकृतिक वैज्ञानिक तथा दार्शनिकहरू र संशोधनवादीहरू जसले पदार्थको लोप भयो भन्ने निष्कर्ष निकालेका थिए तिनका वि?द्ध लेनिनले विज्ञानका थप विकसित सामाग्रीका आधारमा द्वन्द्वात्मक भौतिकवादको दर्शनकोमौलिक प्रश्नमा नयाँ आयाम प्रदान गर्नुभएको छ ।
दोश्रो ः लेनिनले द्वन्द्ववादी पद्धतिको थप व्याख्या, विश्लेषण र परिमार्जन गरी त्यसमा अग्रिम विकास र मूर्तिकरण गर्नुका साथै वहाँले भडुवा विकासवादका वि?द्ध भीषण संघर्ष गरि द्वन्द्ववादको विपरितहरूको एकता र गुणात्मक छलाङ्गको सिद्धान्तमा नयाँ आयाम थप्नु भएको छ ।
तेश्रो ः ज्ञानसिद्धान्त सम्बन्धि अर्थात् द्वन्द्वात्मक भौतिकवादको ज्ञानसिद्धान्तमा प्रतिविम्बितको सिद्धान्त ज्ञानको वक्रता तथा बहुविधताबारे लेनिनले कैयौं नयाँ कुराहरूको उजागर गर्नुभएको छ ।
चौथो ः लेनिनवादी संगठनात्मक सिद्धान्त अन्तरगत जनवादी केन्द्रीयताको सिद्धान्तलाई वैज्ञानिकीकरण गर्नुभएको छ ।
पाँचौ ः ऐतिहासिक भौतिकवादको क्षेत्रमा समाज विकासका उत्प्रेरक शक्तिको अबमूल्यन गर्ने आत्मपरतावाद, चेतनाको भूमिकालाई नकार्ने स्वस्पूmर्तवाद, जनताको भूमिकालाई निषेध गर्ने अराजकतावाद, सामाजिक चिन्तन र सामाजिक सत्तालाई एउटै ठान्ने तथा उत्पादक शक्तिको सिद्धान्तको पूजा गर्ने संशोधनवादका वि?द्ध लेनिनले कडा संघर्ष चलाउनु भएको थियो । साम्राज्यवादको सारतत्वलाई एकाधिकार पूँजीवादका ?पमा औल्याई सर्वहारा क्रान्तिको सिद्धान्तलाई परिमार्जन गर्ने, साम्राज्यवादको युगमा युद्धको अपरिहार्यता र हिंसापूर्ण क्रान्तिको अनिवार्यतालाई व्यवस्थित ?पमा सैद्धान्तिक कारण गर्ने काममा लेनिनको उल्लेखनीय भूमिका रहेको छ ।
छैठौं ः लेनिनले माक्र्सवादी लेनिनवादी विश्वदृष्टिकोणलाई क्रान्तिको कार्यदिशासँग गाँस्ने, बर्गदुशमन तथा संशोधनवादका वि?द्ध वर्गसंघर्ष र दुइलाइन संघर्षका समस्याहरूको समाधान गर्दै वैज्ञानिक समाजवादको स्थापना तथा निर्माण गर्ने काममा अद्वितीय भूमिका रहेको छ । यी समग्र विषयवस्तुहरूले लेनिन कस्ता थिए भन्ने कुरा स्पष्ट पारेको छ ।
यसैगरी, कमरेड माओत्सेतुङ चिनीयाँ कम्युनिष्ट पार्टीका शिक्षाध्यक्ष र विश्व सर्वहारा वर्गका महान नेता हुनुहुन्छ । कमरेड माओको जन्म सन् १८९३ डिसेम्बर २६ मा चीनको हुनान प्रान्तको श्याङ्तान जिल्लाको शाओशान गाउँमा भएको थियो र मृत्यु सन् १९७६ सेप्टेम्बर ९ मा ८३ वर्षको उमेरमा भएको थियो । सन् १९१७ अक्टुबर २५ को महान् ?सी अक्टुबर समाजवादी क्रान्ति सम्पन्न भए पश्चात चीनमा माकर्सवादको प्रवेश भएको थियो र सन् १९२१ जुलाइमा चिनियाँ कम्युनिष्ट पार्टीको स्थापना भयो । माओ पनि चिनियाँ कम्युनिष्ट पार्टीको संस्थापक सदस्य हुनुहुन्थ्यो ।
माओ दीर्घकालीन जनयुद्धको सिद्धान्तकार एवं प्रयोगकर्ता र माओवादका प्रवर्तक समेत हुनुहुन्छ । उहाँले चिनीयाँ कम्युनिष्ट आन्दोलनलाई मात्र होइन, विश्व कम्युनिष्ट आन्दोलनलाई समेत महत्वपूर्ण योगदान पु¥याउनु भएको छ र उहाँका सार्वभौम योगदानहरूलाई स्वीकार नगर्नेहरू सच्चा कम्युनिष्ट बन्नै सक्दैनन् कमरेड माओले विशेष गरी दर्शनका क्षेत्रमा, राजनीतिक अर्थशास्त्रका क्षेत्रमा र वैज्ञानिक समाजवादका क्षेत्रमा जुन नयाँ ढंगले मूर्तिकृत र श्रुतिकृत गरे एक नयाँ आयाममा विकास गर्नुभयो त्यसले माक्र्सवाद–लेनिनवादको ज्ञानभण्डारमा महत्वपूर्ण योगदान पु¥यायो । यस लेखमा माओका ती सार्वभौम योगदानहरू, जसलाई स्वीकार नगरेर केही पनि सच्चा क्रान्तिकारी कम्युनिष्ट बन्नै सक्तैन ती माओका सार्वभौम योगदानहरूका बारेमा चर्चा गर्नुका साथै यहाँ माओवादका बारेमा समेत प्रकाश पार्ने काम गरिएको छ ।
माओ माओवादका प्रवर्तक र निरन्तर क्रान्तिका सिद्धान्तकार समेत हुनुहुन्छ । माक्र्सवाद गतिशील सिद्धान्त हो । माक्र्सवाद–लेनिनवादको गुणात्मक विकासको तेश्रो र नयाँ चरण नै माओवाद हो । माओवाद माओले प्रतिपादन गरेको सिद्धान्त हो । यहाँनेर हामीले बुझ्नुपर्ने कुरा के हो भने सामन्तीवादी र साम्राज्यवादी शोषणको दोहोरो शोषण र उत्पीडनबाट आक्रान्त अविकसित देशहरूका क्रान्तिका समस्याहरूको समाधान गर्नुपर्ने, खासगरी सन् १९५३ मा स्तालिन मृत्यु पश्चात जसरी सन् १९५६ मा खु्रश्चोमी आधुनिक संशोधनवादको जन्मसँगै ?स एवं पूर्वी युरोपका कैयौं देशहरूमा पूँजीवादको पुनः स्थापनाका कारणहरूको खोज गरि त्यसबाट शिक्षा लिनुपर्ने तथा त्यसबाट उत्पन्न समाजवादी समाजका अन्तरविरोधहरूको समाधान गर्नुपर्ने र ख्रुश्चोमी आधुनिक संशोधनवादका वि?द्धको भीषण लडाई लड्नु पर्ने ऐतिहासिक आवश्यकताको पृष्ठभूमिमा कमरेड माओद्वारा माक्र्सवाद–लेनिनवादको थप परिमार्जन तथा विकास गरि त्यसलाई माक्र्सवाद लेनिनवाद– माओवादको तेश्रो, नयाँ र गुणात्मक उँचाइमा पु¥याउने काम भयो । यो नै माओको सबैभन्दा ठूलो र सार्वभौम योगदान थियो । यसरी विश्वसर्वहारा वर्गको पथप्रदर्शक र मार्गदर्शनको ?पमा रहेको माक्र्सवाद–लेनिनवादलाई जुन माओवादमा विकसित तुल्याउने काममा माओको योगदानलाई सर्वप्रथम पे?भियाली कम्युनिष्ट पार्टी (साइनिङपाथ) सहित अन्तर्राष्ट्रियतावादी क्रान्तिकारी आन्दोलन ९च्क्ष्ः० र त्यसमा आबद्ध क्रान्तिकारी कम्युनिष्ट पार्टी तथा संगठनहरूले सर्वप्रथम सही मूल्याङ्कन गरेका थिए र त्यसलाई माओवाद पदावलीमा अभिव्यक्त गरेका थिए ।
फेरी पनि यहाँनेर हामीले बुझ्नै पर्ने कुरा के हो भने सर्वहारा क्रान्तिको विज्ञानको माक्र्सवाद–लेनिनवाद– माओवादका ?पमा यसरी भएको गुणात्मक विकासको प्रक्रियालाई हामी यहाँनेर यसरी प्रष्ट पार्न सक्छौ कि वर्ग संघर्षको ऐतिहासिक अनुभव र विकासका क्रममा अन्तर्राष्ट्रिय सर्वहारावर्गको क्रान्तिको विज्ञानको ?पमा माक्र्सवादको अनुसन्धन हुनपुग्यो । यो सिंगो मानव जातिकै लागि ऐतिहासिक एवं महत्वपूर्ण उपलब्धि थियो । जीवनभर अनवरत संघर्ष र महान प्रतिभाका परिचयका साथ कार्ल माक्र्सद्वारा उद्घाटित माक्र्सवादी विज्ञानको दर्शन, राजनीतिक अर्थशात्र एवं वैज्ञानिक समाजवाद गरी तीन प्रमुख संगठक अंग रहेको कुरा पनि हाम्रा सामु सर्वविदितै छ । स्वयं एउटा विज्ञान भएकाले माक्र्सवादको निरन्तर विकास हुनु स्वाभाविक प्रक्रिया हो ।
हामी माक्र्सवादी–लेनिनवादी–माओवादीहरूले फेरी पनि यहाँनेर गहिराइका बुझ्नुपर्ने कुरा के पनि छ भने वर्गसंघर्षका नयाँ अनुभव र समस्याहरूका सन्दर्भमा भी.आई. लेनिन (सन् १८७०–१९२४) द्वारा माक्र्सवादलाई त्यसको समग्रतामा विकासको दोश्रो चरण लेनिनवादको चरणमा पु¥याउने ऐतिहासिक कार्यभार पूरा भयो । आजको युगमा यो विज्ञान संघर्षकै क्रममा विकासको जुन तेश्रो, नयाँ र उच्च चरणमा पुगेको यो तेश्रो नयाँ र उच्चचरण नै कमरेड माओत्सेतुङद्वारा विकास गरिएको माओवादको चरण हो । हामी क्रान्तिकारी कम्युनिष्टहरूलाई यो ज्यादै गौरवको विषय हो कि यसरी आज अन्तर्राष्ट्रिय सर्वहारावर्गको हातमा एउटा सार्वभौम सिद्धान्तको सिंगो अमेद्य इकाइका ?पमा माक्र्सवाद–लेनिनवाद–माओवाद रहेको छ, जुन विश्वसर्वहारा वर्गको मुक्तिको पथप्रदर्शक र मार्गदर्शक सिद्धान्त बनेको छ । यो नै माओको एउटा महत्वपूर्ण र सार्वभौम योगदान हो विश्व सर्वहारा क्रान्तिका लागि ।
माओले माक्र्सवादी दर्शन, माक्र्सवादी अर्थशास्त्र र माक्र्सवादी वैज्ञानिक समाजवादका क्षेत्रमा जुन महत्वपूर्ण र सार्वभौम योगदान पु¥याउनु भयो, त्यसका बारेमा यहाँ संक्षेपमा उल्लेख गर्ने प्रयत्न गरिएको छ ।
दर्शनका क्षेत्रमाः
द्वन्द्वान्तमक भौतिकवादको सारतत्वका ?पमा अन्तरविरोधको नियम अर्थात् प्रकृति, समाज र मानवीय ज्ञानका सबै क्षेत्रमा द्वन्द्ववादको आधारभूत नियमका ?पमा अन्तरविरोधको नियमको उद्घाटन माओद्वारा भएको छ । अन्तरविरोधको नियमको सार्वभौमिकता र प्रधान अन्तरविरोधको निक्र्योलको पद्धति र महत्वको विश्लेषणको द्वन्द्ववादको बुझाइको विकासलाई नयाँ उचाइमा उठाएको छ । क्रान्तिका रणनीति र कार्यनीति निर्धारणमा अन्तरविरोधको आधारभूत नियमले खेल्ने महत्वपूर्ण भूमिका यसले स्वतः स्पष्ट पारिदिएको छ । विपरितहरूको एकताको नियमको उद्घाटन र व्याख्या । एकको दुइमा विभाजन हुन्छ भन्ने कुराको समृद्ध, व्याख्या र प्रयोग पार्ने माओबाट हुन गएको छ । संशोधनवादका वि?द्ध संघर्षका क्रममा द्वन्द्ववादको प्रधान पक्षका ?पमा एक दुइमा विभाजन हुन्छ भन्ने सम्बन्धमा माओद्वारा गरिएको व्याख्या र प्रयोगले संशोधनवादसँग लड्नका लागि कम्युनिष्ट क्रान्तिकारीहरूको हातमा अमेद्य धारिलो हतियार प्राप्त भएको छ ।
फेडरिक एंगेल्सले द्वन्द्ववादका तीनवटा मूल नियमहरूको व्याख्या गर्नु भएको छ, जस्तो कि, विपरित तत्वको एकत्व, मात्रात्मक परिवर्तनबाट गुणात्मक फड्को र निषेधको निषेधको नियम । तर यसमा माओले ती मध्ये दुइवटा मूल नियमहरूलाई अस्वीकार गर्नुभएको छ र विपरितहरूको एकत्व चाहिँ द्वन्द्ववादको आधारभूत नियम हो । गुणको परिणाममा ?पान्तरण र परिणामको गुणमा ?पान्तरण भन्ने कुरा गुण र परिणाम जस्ता विपरित तत्वहरूको एकत्व मात्र हो र निषेधको निषेध भन्ने कुरा नै हुँदैन । गुणको परिणाममा ?पान्तरण र परिणामको गुणमा, निषेधको निषेध र विपरित तत्वहरूको एकत्व भन्ने तीनवटा कुरालाई समानान्तर ?पमा हाराहारीमा राख्नु त्रयवाद हो, एकत्ववाद होइन । सबैभन्दा आधारभूत कुरा भनेको त विपरीत तत्वहरूको एकता हो । अतः गुणको परिणाम र परिणामको गुणमा ?पान्तरका भन्ने कुरा गुण र परिणामजस्ता विपरीत तत्वहरूको एकत्व मात्रै हो । तसर्थ निषेधको निषेध हुँदैन भन्ने व्याख्या माओले गर्नु भएको छ र एकता, संघर्ष र ?पान्तरणको नियमलाई मात्र माओले द्वन्द्ववादका मूल नियमहरू हुन् भन्नु भएको छ । दर्शनको जन्म संघर्षबाट हुन्छ, त्यसैले माक्र्सवादी दर्शन संघर्षको दर्शन हो । ठूलो माछाले सानो खान्छ भन्ने मान्यता माओको रहेको छ ।
ज्ञान सिद्धान्तको क्षेत्रमा पदार्थको चेतना र चेतनाको पदार्थमा ?पान्तरणको दुई छलाङको सिद्धान्तको ?पमा माओद्वारा विकास र व्याख्या राम्ररी भएको छ । साथै माओले वर्गसंघर्ष, उत्पादनका लागि संघर्ष एवं वैज्ञानिक प्रयोगलाई ज्ञानको स्रोत बनाएर इन्द्रीय ग्राह्य ज्ञानबाट बुद्धिसंगत ज्ञानमा पुग्ने प्रक्रियाका सम्बन्धमा तथा सिद्धान्त र व्यवहारको आपसी सम्बन्धका बारेमा गर्नु भएको विश्लेषणले माक्र्सवादी दर्शनमा महत्वपूर्ण योगदान पुगेको कुरा निर्विवाद छ ।
आधार र उपरिसंरचनाको आपसीसम्बन्ध बारे अघिभूतवादी र एकलकाटे दृष्टिकोण अपनाई ‘उत्पादनको शक्तिको सिद्धान्त’ र ‘अर्थवाद’ तीर जाने संशोधनवादीहरूको पूँजीवादी सोचाई माथि प्रहार गर्दै खास–खास अवस्थामा चेतना र संरचनाको निर्णायक भूमिकाको माओद्वारा गरिएको व्याख्याले पूँजीवादलाई नाङ्गो पार्ने काम गरेको छ ।
दार्शनिकह?ले दर्शनलाई पुस्तकालय, अध्ययन र कोठे चिन्तनबाट निकालेर आम जनतासम्म पु¥याई एउटा अजय शक्तिमा परिणत गर्नुपर्ने आवश्यकता र त्यसका विधिबारे क. माओले गर्नु भएको अनुसन्धनले द्वन्द्वात्मक भौतिकवादी दर्शनलाई उन्नत ?पले भौतिक शक्तिमा परिणत गर्ने आधार सर्वहारावर्गलाई मिलेको छ ।
राजनीतिक अर्थशास्त्रको क्षेत्रमाः
अर्धसामन्ती र अर्धऔपनिवेशिक मुलुकको आर्थिक संरचनाबारे माओले राम्रो व्याख्या गर्नुभएको छ । दलाल तथा नोकरशाही पूँजीवाद अर्थात् नोकरशाही पूँजीवादको चरित्रको विश्लेषण माओको एउटा महत्वपूर्ण खोजी हो । सामन्तवादसँग साँठगाँठ गरि जनतालाई लुट्ने एकाधिकार पूँजीवादको विशेषताको रहस्य उद्घाटन गरेर एकातिर नवऔपनिवेशिक अवस्थाको साम्राज्यवादको दानवीय चरित्रलाई नङ्ग्याउन तथा उत्पीडित राष्ट्रहरूमा क्रान्तिका निशाना स्पष्ट गर्न मद्दत पुगेको छ । नोकरशाही पूँजीवादलाई ध्वंस गरि उनीहरूको सम्पति कब्जा गरेर मात्र उत्पीडित राष्ट्रहरूबाट साम्राज्यवादलाई लखेट्न तथा समाजवादका लागि जग हाल्न सम्भव हुन्छ भन्ने निष्कर्षको ऐतिहासिक महत्व स्पष्ट भएको छ ।
नयाँ जनवादी क्रान्तिका सन्दर्भमा जमिन जोत्नेको आधारमा सामन्तवादलाई ध्वंश गर्ने, एकाधिकार चरित्रका सम्पूर्ण वैदेशिक एवं घरेलु आर्थिक नियमहरूलाई कब्जा, जनजीवनलाई नियन्त्रण गरी पूँजीलाई सीमित, नियन्त्रित र निर्देशीत गर्ने अर्थनीतिहरूको वैज्ञानिकता एवं जीवनद्वारा प्रमाणित भइसकेका छन् ।
समाजवादी कालको अर्थनीतिका आधारभूत सिद्धान्त (सोभियत संभका अनुभवहरूको आलोचनात्मक अध्ययन) सहितको मजबुद जग बसाल्ने काममा माओको महत्वपूर्ण भूमिका रहेको छ । नोकरशाही अहंमकार होइन, सही अर्थनीतिको व्यापक प्रचारद्वारा जनताको पहलकदमी वृद्धि गरेर नै समाजवादी अर्थव्यवस्थालाई मजबुद किसिमले विकास गर्न सकिन्छ भनी “क्रान्तिलाई पक्रेर उत्पादन बढाउ”, ग्याप्स रिभोलुसन, प्रमोट प्रोडक्सन’ तथा लाल र निपुर्ण एण्ड एक्पर्ट’ नाराको महत्व स्पष्ट नै छ । उपयुक्त तथ्यहरूले माक्र्सवादी राजनीतिक अर्थशास्त्रको क्षेत्रमा माओद्वारा गरिएको विकास स्पष्ट हुन्छ ।
वैज्ञानिक समाजको क्षेत्रः
उत्पीडित राष्ट्रहरूमा नयाँ जनवादी क्रान्तिको समग्र अवधारणाको विकासमा क. माओको ऐतिहासिक योगदान सबैका अगाडि स्पष्ट छ । दीर्घकालिन जनयुद्धको कार्य नीति, छापामार युद्ध, आधार इलाकाहरूको निर्माण, गाउँदेखि शहर घेर्ने रणनैतिक लक्ष्य निर्धारणमा माओको महत्वपूर्ण योगदान रहेको छ । सन् १९३८ मा माओद्वारा अगाडि सारिएको जनयुद्धको कार्यदिशा पारित भयो भने सन् १९४० मा नौलो जनवादसम्बन्धी क. समग्र कार्यक्रम पारित भयो । जनयुद्धका ३ चरणबारे स्पष्ट पार्दै माओले रणनीतिक रक्षा रणनीतिक सन्तुलन र रणनीति प्रत्याक्रमण गरी तीन वटै चरणको वैज्ञानिक संश्लेषण माओका महत्वपूर्ण योगदान हुन् ।
साम्राज्यवादी युगको वर्गसंघर्षको अनुभवको आधारमा माक्र्सवादी सैन्य विज्ञानको उच्चशिखर जनयुद्धको सिद्धान्त “थ्यौरी अफ वार” को विकासले अन्तर्राष्ट्रिय सर्वहारावर्गलाई एउटा शक्तिशाली हतियारले लैस गर्ने काम गरेको छ । माओद्वारा गरिएको यस अनुसन्धानले यस सिद्धान्त अनुसार शक्तिशाली दुश्नमलाई परास्त गर्न वैज्ञानिक विधि स्पष्ट भएको छ । राजनीतिक सत्ता बन्दुकको नालबाट जन्मन्छ भन्ने माओको केन्द्रीकृत अभिव्यक्तिको महत्व पनि स्वयं स्पष्ट छ ।
समाजवादकालभरी वर्गसंघर्ष जारी रहने र त्यस सम्बन्धमा सोभियत संघको प्रतिक्रान्ति प्रति ध्यान दिँदै विश्वकम्युनिष्ट आन्दोलन भित्र महान् बहस चलाउनुृ र क. माओद्वारा नै विकास गराएको सर्वहारावर्गको अधिनायकत्व अन्तरगत क्रान्ति जारी राख्ने समाजवादी अवस्थामा पूँजीवादको पुनस्थापना रोक्ने एउटा मजबुद सैद्धान्तिक हतियार भएको छ । सन् १९६६ देखि माओद्वारा सर्वहारावर्गको नेतृत्वमा चालिएको महान चीनियाँ सर्वहारा साँस्कृतिक क्रान्तिको समग्र योजनाको सफल प्रयोग विश्व सर्वहाराका लागि ऐतिहासिक दर्शन–निर्देशन बन्दै आएको कुरा सबैका सामु प्रष्टै छ ।
साम्राज्यवाद र सबैखाले प्रतिक्रियावादी वर्ग कागजी बाघ हुन हुन तथा आउँदा ५० देखि १०० वर्ष विश्व अजङ्गको हेरफेरबाट गुज्रने छ’ भन्ने भनाइहरूको आधारमा बढि महत्व रहेको छ । यसले विश्व सर्वहारावर्गलाई क्रान्तिको रणनीति निर्धारणमा महान योगदान पु¥याएको छ ।
मानिसमा सही विचार कहाँबाट आउँछ ? भन्ने प्रश्नमा क. माओले मानिसमा सही विचार सामाजिक व्यवहारबाट मात्र आउँछन्, ती तीन किसिमका सामाजिक व्यवहारबाट जस्तै उत्पादनको निम्ति संघर्ष, वर्ग संघर्ष र वैज्ञानिक प्रयोगबाट आउँछन् भनेर वैज्ञानिक ढंगले संश्लेषण गर्नुभएको छ । यसरी दर्शन राजनीतिक अर्थशास्त्र एवं वैज्ञानिक समाजवाद सहित तीन वटै क्षेत्रको समझदारीमा क. माओले माक्र्सवादी विज्ञानलाई गुणात्मक ?पले त्यसको तेश्रो र नयाँ चरणमा विकास गराउनु भयो । त्यस अवस्थामा सर्वहारावर्गले आफ्नो मुक्तिको दर्शनलाई माक्र्सवाद– लेनिनवाद–माओवादको एउटा अमेद्य धारिलो हतियारको ?पमा प्राप्त गरेको छ र त्यसैको पथप्रदर्शक र मार्ग निर्देशनमा आज विश्वभरका क्रान्तिकारी माओवादी कम्युनिष्ट पार्टीहरू संचालित भइरहेका छन् ।
महान् चीनियाँ सर्वहारा साँस्कृतिक क्रान्ति जुनका माओले दश वर्षसम्म सफल ?पमा संचालन गरेर समाजवादमा वर्गहरू जीवितै रहने भएकाले वर्गसंघर्षलाई जारी राख्नु पर्ने जुन निरन्तर क्रान्तिको सिद्धान्त जारी राख्नुपर्ने जुन निरन्तर क्रान्तिको सिद्धान्त जारी राख्नुपर्ने र सन् १९५६ देखि सोभियत ?समा प्रकट भएको आधुनिक संशोधनवाद लगायत सबैखाले संशोधनवाद र अवसरवादका वि?द्ध विश्वस्त भै जुन महान बहस सञ्चालन गर्नुभयो त्यसले क. माओलाई विश्वस्तरमा विश्वसर्वहारावर्गको महान नेताको ?पमा माथि उठायो ।
यी माथि उल्लेख गरिएका समग्र विषयहरू नै कमरेड माओका सार्वभौम योगदानहरू हुन् र यी योगदानहरूलाई ग्रहण नगरिकन कोही पनि सच्चा क्रान्तिकारी कम्युनिष्ट बन्नै सक्तैन ।
उपसंहार
माक्र्सवाद सर्वहारा वर्गको मुक्तिको सिद्धान्त हो । यसको दर्शन द्वन्द्वात्मक भौतिकवाद हो । माक्र्सवाद गतिशील विज्ञान हो । माक्र्सवादले आज माक्र्सवादको विकासको दोश्रो चरण लेनिनवाद र माक्र्सवाद– लेनिनवादको गुणात्मक विकासको तेश्रो र नयाँ चरण माओवादमा जुन विकास गरेको छ यही माक्र्सवाद– लेनिनवाद–माओवाद नै विश्व सर्वहारावर्गको मुक्तिको पथप्रदर्शक र मार्गदर्शक सिद्धान्त बन्न पुगेको छ । यस विषयमा माथि पनि आवश्यक प्रकाशपारिएको छ ।
अतः माक्र्सवाद–लेनिनवाद–माओवाद विश्व सर्वहारा वर्गको विश्वदृष्टिोण भएकाले यसको गहिरो अध्ययन नगरिकन, अर्थात् माक्र्सवाद–लेनिनवाद–माओवादलाई दह्रो ढंगले ग्रहण नगरिकन, माक्र्सवाद–लेनिनवाद– माओवादलाई जीवनदर्शनको ?पमा आत्मसात नगरिकन र यसलाई जीवन व्यवहारमा साँचो अर्थमा प्रयोग नगरिकन कोही पनि असल कम्युनिष्ट क्रान्तिकारी बन्नै सक्तैन । त्यसैले संसार बदल्ने दायित्वबोध बकेका र सिँगो मानवजातिलाई सबै खाले शोषण र उत्पीडनबाट मुक्त गरेर समानतामा आधारित मानव समाजको निर्माण गर्ने कल्पना गरेका अर्थात् वर्गविहिन, राज्य विहिन साम्यवादमा पुग्ने लक्ष्य र उद्देश्य बोकेर सर्वहारा वर्गको सबैभन्दा उच्चस्तरको संगठित अग्रदस्ता नेकपा–माओवादीमा संगठीत भएका हामी नेपाली माओवादी क्रान्तिकारी कम्युनिष्टहरूले माक्र्सवाद–लेनिनवाद–माओवादको गहिरो अध्ययन गर्न, यसलाई पाइला पाइलामा जीवन व्यवहारमा प्रयोग गर्न नितान्त ज?री छ ।
माक्र्सवाद–लेनिनवाद–माओवाद मानव जातिको ज्ञानको विशाल भण्डार हो । यसलाई आजको विश्वपरिवेशमा सापेक्षित ढंगले नबुझिकन, ग्रहण नगरिकन, यसलाई दह्रो ढंगले नपकडीकन र साँचो अर्थमा जीवन व्यवहारमा नउत्रिकन हामी कोही पनि सच्चा क्रान्तिकारी माओवादी बन्नै सक्ने छैन र मुलुकलाई बदल्न पनि सक्ने छैनौ । त्यसैले हाम्रा निम्ति माक्र्सवादी–लेनिनवादी–माओवादी दर्शन र सिद्धान्तलाई बुझ्न र यसलाई जीवन व्यवहारमा सही ढंगले प्रयोग गर्नु हाम्रो मुख्य कर्तव्य बन्न पुगेको छ ।
हामीले भुल्नै नहुने एउटा साँचो कुरा के हो भने माक्र्सवाद–लेनिनवाद–माओवादको गहिरो अध्ययन नै नगरिकन यसलाई साँचो अर्थमा जीवन व्यवहारमा नउतारिकन कम्युनिष्ट पार्टीको माथिल्लो ओहोदा र नेतृत्वमा पुगेका र माक्र्सवादी–लेनिनवादी–माओवादी सैद्धान्तिक धरातल कम्जोर भएका व्यक्तिहरू जो कम्युनिष्ट पार्टीको माथिल्लो ओहोदा र नेतृत्वमा पुग्ने गरेका छन् तिनीहरूमा नै सैद्धान्तिक विचलन पैदा हुने प्रतिक्रान्तिको बाटो लिने, क्रान्ति र जनताप्रति गद्धारी गर्ने कम्युनिष्ट आन्दोलन र पार्टीलाई विसर्जन गराउने र अन्तिममा प्रतिक्रियावादीहरूको कित्तामा सामेल हुन पुग्ने जुन विश्व कम्युनिष्ट आन्दोलन र नेपालको यस ६४ वर्षको लामो इतिहासमा हामीले पाउने गरेका छौं, यसको, मुख्य कारण माथि उल्लेख गरिएकै कुरा माक्र्सवाद–लेनिनवाद–माओवादको गहन अध्ययन नहुनु र त्यसलाई जीवन व्यवहारमा उतार्न नसक्नु नै हो । यी नकारात्मक परिघटनाहरूको विषद् ज्ञान प्राप्त गरेका हामी माओवादी क्रान्तिकारीहरूले माक्र्सवाद– लेनिनवाद–माओवादको गहिरो अध्ययन गर्ने र यसलाई साँचो अर्थमा जीवन व्यवहारमा उतार्नुको विकल्प छैन । आजको तथ्य के हो भने आजको माक्र्सवाद र नेपाली क्रान्ति, आजको माक्र्सवाद र भूमण्डलीकृत साम्राज्यवादी युगको माक्र्सवादको व्याख्या गर्न पुगेका नव माक्र्सवादीहरूले नेपालमा पूँजीवादी, जनवादी क्रान्ति सम्पन्न भइसक्यो अब समाजवादी क्रान्ति गर्नुपर्छ भन्ने भ्रान्तीपूर्ण तर्कहरू अगाडि सारेर विभिन्न ?प र रंगका संशोधनवादी विचार–दृटिष्कोणहरू फैलाएर माक्र्सवाद–लेनिनवाद–माओवादमाथि भिषण आक्रमण गरिरहेका छन् । तिनका वि?द्ध सैद्धान्तिक लडाई लडेर ती संशोधनवादी विचार?लाई परास्त गर्दै माक्र्सवाद–लेनिनवाद–माओवादका सैद्धान्तिक मान्यताहरूलाई नेपालको वर्तमान सापेक्षतामा आधारित नयाँ नेपाली जनवादी क्रान्तिलाई अगाडि बढाउनका निम्ति पनि हामी माओवादी क्रान्तिकारी कम्युनिष्टहरूले माक्र्सवाद–लेनिनवाद–माओवदको गहिरो अध्ययन गरी त्यसलाई जीवन व्यवहारमा उतार्नु विकल्प छैन ।

