यस्तो छ, नेकपा (माओबादी)को केन्द्रिय समितिको बैठकको निर्णय

२०८३ बैशाख १३ गते, आईतवार

काठमाडौँ ।    नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को   नवौं केन्द्रिय समितिको आठौँ पूर्ण बैठक शुक्रबार साँझ  सम्पन्न  भएको छ । सो पार्टीको मुख्यालय कपिलवस्तुमा बैशाख ७ गतेदेखि  ११ गतेसम्म बसेको नवौं केन्द्रिय समितिको ८ औं पुर्ण बैठकले महासचिव विप्लव सी द्वारा प्रस्तुत  ‘बैचारिक प्रतिबद्धतासहित कम्युनिस्ट आन्दोलनलाई रक्षा र रुपान्तरण गर्न जोड गरौँ , साम्राज्यबादी हस्तक्षेप  र सरकारका निरंकुश कदमका बिरुद्ध संघर्ष निर्माण गरौँ , जनतामा स्वाधिनता र समाजवादी सत्ताको बिचार प्रवाह गरौँ ‘ बिषयक राजनीतिक प्रस्ताव    परिमार्जनसहित एकमतले पारित गरेको   छ ।

उक्त बैठकले  अन्तर्राष्ट्रिय परिस्थित युद्धमय बन्दै गएको र राष्ट्रिय राजनीतिमा एक  स्तरको  क्रमभंग भएको निष्कर्ष निकालेको छ।  यस्तो अवस्थामा पार्टीको काँधमा युगान्तकारी जिम्मेवारी आएको र यो कार्यभार पुरा गर्नका निम्ति केन्द्रिय समितिले सबै मोर्चामा आफुलाई अगाडि बढाउनु पर्ने निष्कर्ष निकालेको छ। 

यसैगरी , उक्त बैठकले पार्टीले गरेको बैचारिक हस्तक्षेप  , कार्यदिशाको वैज्ञानिकीकरण , यस बिचमा प्राप्त उपलब्धिहरुको रक्षा र भावी जिम्मेवारीको बहन र चुनौतिहरुको सामना गर्नका निम्ति पार्टीले आफुलाई तयार गर्नुपर्ने निष्कर्षसहित पार्टीलाई सुद्रिढ  र सुद्धिकरण गर्नका निम्ति आगामी असोज १० गतेदेखि १५ गतेसम्म संगठन अधिबेशन गर्ने निर्णय गरेको छ।  साथै सगठनको अधिबेशनसम्म पार्टीलाई पुर्णरुपमा सुद्रिढ  र विकास गर्नको निम्ति अहिलेको केन्द्रिय समितिलाई महाधिबेशन आयोजक समितिमा बदलेको छ । 

यसैगरी , उक्त बैठकले जेनजी आन्दोलन पछि नेपालको राजनीतिक र कम्युनिस्ट  आन्दोलनका बिरुद्ध  साम्राज्यवादीहरुले गरेको षड्यन्त्र र हमलाको प्रतिवाद गर्ने र नेपालको कम्युनिस्ट आन्दोलनलाई क्रान्तिकारीकरण र एकताबद्ध गर्नका निम्ति नेकपा (माओबादी)ले आफैवाट सुरु गरेर नवौँ महाधिबेशन वाट निर्वाचित केन्द्रिय समितिलाई संगठन अधिबेशन आयोजक समितिमा बदल्ने निर्णय गरेको  छ ।  साथै नेपालको कम्युनिस्ट आन्दोलनलाई क्रान्तिकारीकरण र एकताबद्ध गर्नका निम्ति  राजनीतिक शक्तिहरुलाई यसको निम्ति अपिल गर्ने निर्णय समेत गरेको छ। 

यसैगरी , उक्त बैठकले  हालको बालेन नेतृत्वको सरकारले पेट्रोलियम पदार्थलगायत  दैनिक उपभोग र प्रयोगजन्य बस्तुमा गरेको चर्को मूल्यवृद्धि  र सुकुम्बासीको उठिबास लगाउने कार्य बिरुद्ध राष्ट्रिय रुपमा संघर्ष चर्काउने निर्णय समेत गरेको बताइएको छ।  -क्षेप्यास्त्र साप्ताहिकवाट

प्रतिक्रियाहरु

[anycomment]