‘मार्क्सवादको आौचित्य र सान्दर्भिकता झनै बढेर गएको छ’

२०८३ बैशाख २२ गते, मंगलवार

काठमाडौँ । अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्र , नेपालले  आजको साम्राज्यवाद र विश्व सर्वहारा क्रान्तिको युगमा मार्क्सवादको आौचित्य र सान्दर्भिकता झनै बढेर गएको बताएको छ। सो संगठनका अध्यक्ष हस्तबहादुर केसीले आज एक बिज्ञप्ती जारी गर्दै सो  कुरा बताएका हुन्।  यस बिषयमा अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्र , नेपालका अध्यक्ष हस्तबहादुर केसी ले जारी गरेको बिज्ञप्ती यस प्रकार रहेको छ – ‘विश्व सर्वहारा वर्गका महान् नेता , गुरु , मार्क्सवादका प्रवर्तक , द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादका आविस्कारक, अतिरिक्त मूल्यको सिध्दान्तका सिध्दान्तकार  एवं दोस्रो स्रशताब्दीका प्रथम पुरुष कार्ल मार्क्स जन्मिएको आज २०८ औँ वर्ष पुरा भएको छ । वहाँको जन्म सन १८१८ मे ५ का दिन जर्मनीको एक ऐतिहासिक शहर ट्रियरमा भएको थियो ।

     आज विश्व सर्वहारा श्रमजीवी वर्गले कार्ल मार्क्सको २०८ आौं जन्म जयन्ती धुमधामका साथ मनाउन गइरहेका छन् । यस ऐतिहासिक अवसरमा विश्वभर क्रियाशील क्रान्तिकारी लेखक तथा पत्रकारहरुको छाता संगठन हाम्रो अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्र कार्ल मार्क्सको यस २०८ आौं जन्म जयन्तीप्रति ऐक्यबद्धता प्रकट गर्दछौं र वहाँ प्रति सम्मान व्यक्त गर्दछ ।

         कार्ल मार्क्स – फ्रेडरिक एंगेल्सद्वारा सन १८४८ फेब्रुअरी २१ दिन कम्युनिस्ट घोषणापत्र मार्फत् मार्क्सवादको प्रतिपादन गरिएको थियो । त्यसरी मार्क्सवादको प्रतिपादन र मार्क्सद्वारा स्वयं मार्क्सवादी दर्शन द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादको आविष्कारले संसारमा ठूलो क्रान्ति ल्याइदिएको थियो । त्यस पश्चात् पेरिस कम्युन हुँदै महान् रुसी अक्टोबर समाजवादी क्रान्ति , महान् चिनियाँ नयाँ जनवादी क्रान्तिका साथै भियतनाम , उत्तर कोरिया , कम्वोडिया , क्युवा आदि देशहरूमा नयाँ जनवादी एवं समाजवादी क्रान्तिहरु सम्पन्न भए विश्वको एक तिहाई जनसंख्या कम्युनिस्ट सत्ताको छातामुनि गोलबन्ध हुन पुगेको थियो । नेपाल , भारत लगायतका संसारका धेरै देशहरूमा कम्युनिस्ट पार्टीहरु निर्माण गरिएका थिए।

    तर आज रुस , चीन लगायतका देशहरूमा सञ्चालनमा रहेका समाजवादी देशहरूमा प्रतिक्रान्ति भएर पुँजीवादको पुनःस्थापना हुन पुगेपछि आज विश्व वैज्ञानिक समाजवादी किल्ला रक्षात्मक अवस्थामा पुगेको यथार्थ हो । तर मार्क्सवाद गतिशील सिध्दान्त र सर्वहारा क्रान्तिको विज्ञान भएकोले आज मार्क्सवाद , लेनिनवाद र माओवादको विकासको उच्च चरणमा पुगिसकेको छ र मार्क्सवाद – लेनिनवाद – माओवाद विश्व सर्वहारा वर्गको मुक्तिको पथप्रदर्शक ( मार्ग दर्शक ) सिध्दान्त बन्न पुगेको छ । त्यसैले आजको साम्राज्यवाद र विश्व सर्वहारा क्रान्तिको युगमा मार्क्सवादको आौचित्य र सान्दर्भिकता झनै बढेर गएको छ भन्ने हाम्रो प्यारो सञ्चार संगठन अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रको ठहर रहेको छ भन्ने कुरा यसै प्रेस वक्तव्य मार्फत् विश्व जनसमुदायलाई जानकारी गराउन पाउँदा हर्षविभोर छौ र महान् कार्ल मार्क्सप्रति हार्दिक श्रध्दान्जली अर्पण गर्दै उच्च सम्मान प्रकट गर्न चाहन्छौं ।’

प्रतिक्रियाहरु

[anycomment]