नेपालको राजनीति र समाजवादी व्यवस्थाको बहस
नेपालको राजनीति लामो समयदेखि विभिन्न विचारधारा, आन्दोलन र परिवर्तनका प्रक्रियाबाट प्रभावित हुँदै आएको छ । राणा शासनको अन्त्यदेखि बहुदलीय प्रजातान्त्रिक लोकतन्त्र, जनयुद्ध जनआन्दोलन, हुँदै गणतन्त्र स्थापना र संघीय राज्य व्यवस्थासम्म आइपुग्दा नेपाली राजनीतिले धेरै उतारचढावहरू अनुभव गरेको छ । यसलाई अझै नयाँ उचाइमा बहस र विश्लेषण गरेर समाजवाद र नेपाली विशेषताको समाजवादी राज्य व्यवस्थालाई नेपाली जनतासम्म बहस पु¥याउनु आजको आवश्यकता भएको छ किनभने परिवर्तनहरूसँगै समाजवादी व्यवस्थाको विषय पनि नेपाली राजनीतिक बहसको केन्द्रमा रहँदै आएको छ । विशेष गरी संविधानले नै समाजवाद उन्मुख राज्य निर्माणको लक्ष्य लिएको अवस्थामा समाजवादी व्यवस्था र नेपाली विशेषताको समाजवाद के हो, यसलाई कसरी लागू गर्ने र यसका चुनौतीहरू के हुन् भन्ने विषयमा व्यापक बहस हुन जरुरी भएको देखिन्छ ।
समाजवाद सामान्य अर्थमा आर्थिक तथा सामाजिक समानताको पक्षमा र श्रमजीवी वर्गको भनौ या गरिखाने वर्गको राजनीतिक, सांस्कृतिक र आर्थिक विचारधारा हो । यसले समाजमा विद्यमान गरिवी, बेरोजगारी, असमानता र शोषणलाई अन्त्य गर्दै सबै नागरिकहरूलाई समान अवसर उपलब्ध गराउने उद्देश्य सहित आफ्नो अधिकार सो तन्त्र रूपले राख्न भन्न पाउने व्यवस्था नै समाजवादी र नेपाली विशेषताको समाजवादी व्यवस्था हो । समाजवादी व्यवस्थामा जनताको भूमिका महत्वपूर्ण मानिन्छ शिक्षा, स्वास्थ्य, रोजगारी, सामाजिक सुरक्षा तथा आधारभूत सेवाहरूमा जनताको सक्रिय सहभागिता हुने व्यवस्था नै यो व्यवस्था हो ।
नेपालका धेरै राजनीतिक दलहरूले आफ्नो घोषणापत्रमा समाजवादप्रतिको प्रतिवद्धता व्यक्त गरेका छन तर नेपाली नव युवाहरूलाई समाजवाद र नेपाली विशेषताको समाजवादी राज्य व्यवस्था ठिक हो भनेर बुझाउन किन सकेनन् यो आजको मुख्य विषय हो । यस विषयमा समिक्षा सहित नेपाली नवयुवाहरू सँग बहस आवश्यक देखिन्छ । नेपालको संविधान २०७२ ले पनि सामाजिक न्याय, समानता र समावेशिताका आधारमा समाजवाद उन्मुख राज्य निर्माण गर्ने लक्ष्य निर्धारण गरेको छ । तर आज यो विषय किन बहसमा छैन ? यो बहस गर्न जरुरी भएको छ ।
संविधानमा शिक्षा, स्वास्थ्य, रोजगारी, खाद्य सुरक्षा, सामाजिक सुरक्षालगायतका मौलिक हकहरूको व्यवस्था गरिएको छ । यसले राज्यलाई नागरिकको जीवनस्तर सुधार गर्ने भनेर जिम्मेवारी प्रदान गरेको छ । अनि के कारणले समाजवादी व्यवस्थाको बहस हुन सकेन र के कारणले कार्यान्वयन भएन । यसलाई मुख्यरूपमा बहसको विषय बनाएर नवयुवाहरूसँग बहस गर्न जरुरी भएको छ ।
समाजवादी व्यवस्था कार्यान्वयनको विषयमा विभिन्न धारणा पाइन्छन् जस्तै वैज्ञानिक समाजवाद, समाजवादी समाजवाद, नेपाली विशेषताको समाजवादका धारणाहरूमा बहसहरू भित्रिरूपमाआ– आफ्ना क्याम्पहरूमा सिमित भए । यसलाई विशेष गरेर नेपाली जनता र नेपालका नवयुवाहरूसँग गर्न जरुरी भएको छ किनभने नेपालजस्तो देशमा सामाजिक र आर्थिक असमानता घटाउन र समाजवाद र नेपाली विशेषताको समाजवादी राज्य व्यवस्था आवश्यक हो भन्नेकुराको बहस आज निकै जरुरी रहेको छ । यसलाई सिङ्गो नेपालका नवयुवा शक्तिहरूसँग बहसको वातावरण बनाउन जरुरी देखिन्छ किनभन्दा समाजवाद र नेपाली विशेषताको समाजवादी राज्य व्यवस्था ठिक हँुदाहँुदै हाम्रो नेपाली समाज किन दलाल पूँजीवादी ब्यवस्थाको पछि दौडिरहेकोछ यो विषयमा समाजवाद भन्ने र मान्नेहरूले बहस गर्नु जरुरी देखिन्छ ।
पूँजीवादमा सीमित व्यक्तिको हातमा सम्पत्ति केन्द्रित हुँदा गरिव र धनीबीचको दूरी बढिरहेको हो भन्नेकुरा नबुझाउदा पूँजीवाद भन्दा समाजवाद र नेपाली विशेषताको समाजवादी राज्य व्यवस्था राम्रो हँुदाहँुदै पनि नेपालमा दलाल पूँजीवाद व्यवस्था लागू हुने खतरा छ । यसलाई मध्यनजर गरेर नेपालमा समाजवाद र नेपाली विशेषता को समाजवादी राज्य व्यवस्थाको बहस जरुरी भएको छ ।
समाजवादी व्यवस्था र नेपाली विशेषताको समाजवाद माने राजनीतिक दलहरूले प्रभावकारी नीति ल्याएर नेपालका नवयुवाहरूलाइ शिक्षा, स्वास्थ्य र रोजगारीमा समान पहुँच सुनिश्चित गर्नुपदर्छ । यसले सामाजिक न्याय र समावेशी विकासलाई बलियो बनाउने विश्वास गरिन्छ र नेपालको वर्तमान राजनीतिक अवस्थाले पनि समाजवादी ब्यवस्थाको बहसलाई प्रभावित गरेको छ किनभने राजनीतिक अस्थिरता, भ्रष्टाचार, सुशासनको अभाव र विकास निर्माणका काममा ढिलाइ जस्ता समस्याहरूले गर्दा समाजवादका आदर्शहरूलाई व्यवहारमा उतार्न पुराना दल–दलका नेताले चुनौती सिर्जना गरेका छन् । नागरिकहरूले राजनीतिक दलहरूबाट सामाजिक न्याय र आर्थिक समृद्धिको अपेक्षा गरे पनि व्यवहारमा अपेक्षित परिणाम प्राप्त हुन सकेको छैन ।
यसले गर्दा समाजवाद केवल नारामा सीमित भएको हो कि भन्ने प्रश्नसमेत उठाएको छ यसलाई ब्यवहारमा पुष्टि गर्ने र समाजवादी व्यवस्थाको सफल कार्यान्वयनका लागि राजनीतिक इच्छाशक्ति आवश्यक हुन्छ त्यो केवल नीति तथा कानुन निर्माण गरेर मात्र समाजवादको लक्ष्य हासिल गर्न सकिँदैन राज्यले उत्पादन वृद्धि, रोजगारी सिर्जना, कृषिलाई आधुनिकीकरण, उद्योग प्रवद्र्धन, श्रम र समयलाई विशेष ध्यान दिनुका साथै शिक्षा र स्वास्थ्य सेवामा सबै नागरिकहरूको पहुँच सुनिश्चित हुन्छ भन्ने कुरा काजमा होइन कि ब्यवहार र जीवनमा उतार्न सक्नु पर्दछ ।
नेपालमा समाजवादको बहस केवल आर्थिक प्रणालीको बहस मात्र होइन, सामाजिक न्याय, समान अवसर र गणतन्त्रको मूल्यहरूको बहस पनि हो किनभने यो देश विविध जाति, भाषा, संस्कृति र भौगोलिक अवस्थाले भरिएको नेपाली समाजमा समावेशिता र समानताको प्रश्न अत्यन्त महत्वपूर्ण हुन्छ यसैले समाजवाद उन्मुख राज्य निर्माणको लक्ष्यलाई व्यवहारमा रूपान्तरण गर्न नेपाली विशेषताको समाजवाद या समाजवादलाई नेपाली जनता र नेपालका नवयुवाहरूसँग सहकार्य र बहसको वातावरण बनाएर पूँजीवाद र दलाल पूँजीवाद भन्दा धेरै राम्रो समाजवाद र नेपाली विशेषता को हो भनेर बहस छलफल आज आवश्यक देखिन्छ ।
नेपालको राजनीति र समाजवादी व्यवस्थामाथिको बहस आज पनि उत्तिकै सान्दर्भिक छ । किनभने भाद्र २३–२४ पछि नेपालको संविधानले निर्धारण गरेको समाजवाद उन्मुख मार्गलाई असफल बनाउन अमेरिकी साम्राज्यवादको गुरु योजनामा नेपालका नवदलाल पूँजीवादीहरूले राजनीतिक, प्रशासनिक आर्थिक, सम्पूर्ण रूपले न्यायलयलाई प्रयोग गरेर समाजवादको विकल्प पूँजीवाद ठिक भनेर जबर्जस्ती रूपमा नेपाललाई पूँजीवादी व्यवस्था तिर लिन खोज्दै छन् । त्यो अमेरिकी साम्राज्यवादी रणनीतिक र नेपाली अनुहारका विदेशी नवदलाल पूँजीवादीहरूको लक्ष नै हो । समाजवादको वास्तविक सफलता नागरिकहरूको जीवनस्तर सुधार, अवसरको समान वितरण र समृद्ध समाज निर्माणमा र आत्म निर्भर जीवन हुन्छ, पूँजीवादमा हुँदैन । यही कुरालाई नेपालका राष्ट्रवादी शक्ति र नेपाललाई माया गर्ने नवयुवाहरूसँग बहस अनिवार्य भएको छ ।
यस विषयको बहस अरू राजनीतिक दलहरूबाट सम्भव देखिदैन । यसको सुरूवात नेपाल कम्युनिष्ट पार्टी (माओवादी) र त्यसको मुख्य नेतृत्वबाट सुरू गर्न आवश्यक छ किनभने यो पार्टीसँग एकीकृत जनक्रान्ति कार्यादिशा र नेपाली विशेषताको समाजवादी राज्य व्यवस्था रणनीतिक योजना छ । नेपालमा आफ्नो राजनीतिक र सामाजिक यात्रा अघि बढेको पार्टी र नेतृत्व भएको कारणले नेकपा (माओवादी)को नेतृत्वमा समाजवादको बहस गर्न जरुरी छ ।

