अवैध हुण्डी कारोबारी रिजाल पक्राउ

२०८३ श्रावण १३ गते, बुधबार

काठमाडौँ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अवैध हुण्डी कारोबारमा संलग्न धादिङ जिल्लाको सत्यदेवी–८ घर भई हाल काठमाडौंको नागार्जुन नगरपालिका–८ बस्ने ४९ वर्षीय राजेन्द्र प्रसाद रिजाललाई पक्राउ गरेको छ । ब्यूरोका अनुसार रिजालले अन्य व्यक्तिहरूको नाममा रहेका व्यक्तिगत बैंक खाताहरू प्रयोग गरी १ अर्ब ८९ करोड ६५ लाख ३९ हजार ४५४ रुपैयाँ बराबरको हुण्डी कारोबार गरेको देखिएको छ ।
शङ्कास्पद व्यक्तिहरूको बैंकिङ कारोबार विश्लेषण गर्ने क्रममा रिजालको मिलेमतोमा यति ठूलो रकमको अवैध कारोबार भएको पुष्टि भएपछि उनलाई नियन्त्रणमा लिइएको हो ।
काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिई ब्यूरोको टोलीले उनलाई २०८३ साउन १२ गते नागार्जुन नगरपालिका–८ स्थित राधाकृष्ण मन्दिर क्षेत्रबाट पक्राउ गरेको थियो । पक्राउ परेका रिजालमाथि हुण्डी सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको ब्यूरोका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक अनुपम शमशेर जबराले जानकारी दिएका छन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

नेप्से ७.७९ अंकले घट्यो !

२०८३ श्रावण १३ गते, बुधबार

अण्डाको मूल्य फेरी बढ्यो !

२०८३ श्रावण १३ गते, बुधबार

नेप्से परिसूचक ४.६४ अंकले घट्यो

२०८३ श्रावण १२ गते, मंगलवार