नेकपा (माओवादी) द्वारा निमादेवी भुसालको निधनप्रति दुख व्यक्त
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले निमादेवी भुसालको निधन प्रति दुख व्यक्त गरेको छ। सो पार्टीका लुम्बिनी प्रदेश इन्चार्ज विषम सीले एक शोक बक्तब्य जारी गर्दै प्युठान जिल्लाका सचिव एबम् केन्द्रीय प्रतिनिधि समिति सदस्य गिरुप्रसाद भुसाल ( परिवर्तन सी)को ममतामयी आमा निमादेवी भुसालको निधन प्रति दुख व्यक्त गरेका हुन् ।
यस बिषयमा नेकपा (माओवादी)का लुम्बिनी प्रदेश इन्चार्ज विषम सीले जारी गरेको शोक बक्तब्य यस प्रकार रहेको छ- ‘प्युठान जिल्ला स्वर्गद्वारी नगरपालिका वडा नं. ७ बेलवास रानीटार निवासी, हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी (माओवादी) प्युठान जिल्लाका सचिव, जनयुद्धकालदेखि पार्टी र क्रान्तिमा निरन्तर खट्दै आउनु भएका एक जना समर्पित योद्धा, केन्द्रीय प्रतिनिधि समिति सदस्य कमरेड गिरुप्रसाद भुसाल (क. परिवर्तन सी)को ममतामयी आमा निमादेवी भुसालको यही २०८३ असोज ५ गतेका दिन ८६ बर्षको उमेरमा भएको असामयिक निधनले हामी र हाम्रो सिङ्गो पार्टी पंक्तिलाई मर्माहत बनाएको छ । यो शोकको घडीमा आदरणीय आमा निमादेवी भुसालप्रति हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी (माओवादी) लुम्बिनी प्रदेश भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ र हाम्रो पार्टी नेकपा (माओवादी) प्युठानका सेक्रेटरी कमरेड परिवर्तन सी तथा वहाँका शोकसन्तप्त परिवार, आफन्तजन र सिङ्गो प्युठान जिल्ला पार्टीलाई हार्दिक समवेदना व्यक्त गर्दछ ।
आमा निमादेवी भुसाल लामो समयदेखि विमारी भई उपचारकै क्रममा हुनुहुन्थ्यो । श्रीमान बालाराम भुसालको पहिले नै निधन भएको थियो । हाल वहाँ दुई भाई छोराहरु यग्गुप्रसाद भुसाल र कान्छा छोरा गिरुप्रसाद भुसाल (क. परिर्तन सी)संग संगै बस्दै आउनुभएको थियो । हाल दुई छोराहरु यग्गुप्रसाद भुसाल र गिरुप्रसाद भुसाल (क.परिवर्तन), दुई छोरीहरु चन्दा कालाथोकी र लक्ष्मी अधिकारी, दुई बुहारीहरु केसरीदेवी भुसाल
र लिलादेवी भुसाल (क.सदीक्षा सी) नेकपा (माओवादी) जिल्ला कमिटी सदस्य र नाती–नातिनाहरु हुनुहुन्छ । वहाँहरु लगायत हामी सबैलाई सदाको लागि छाडेर भौतिक रुपमा वहाँ अव हाम्रो माझ रहनु भएन । तर वहाँको संझना सधैं हाम्रो माझ रहीरहुने छ । वहाँको जन्म १९९७ सालमा भएको थियो । वहाँले आफ्नो जीवनकालमा पार्टी र क्रान्तिप्रति गर्नुभएको सेवा र योग्दानप्रति पार्टी हार्दिक सम्मान व्यक्त गर्दछ ।’

