बलात्कारबाट बचाउग्ने ब्रा

२०६९ चैत्र २५ गते, आईतवार

काठमाडौँ । भारतीय युवा वैज्ञानिकहरूले महिलाहरूमाथि हुने यौन हिंसा रोक्न करेन्ट लाग्ने ब्राको आविस्कार गरेका छन् । यो ब्रालाई उनीहरूले सामाजिक दोहनको साधन नाम दिएका छन् । यो ब्रा लगाएकी महिलाको छातीमा यदि कसैले छुने प्रयास गर्यो भने उसलाई करेण्टको झट्का लाग्नेछ । तर यो ब्रा लगाउने महिला आफैँलाई भने करेण्ट लाग्ने छैन, किनकि भित्रपट्टी पोलिमरको तह हुनेछ जसले करेण्ट प्रवाह रोक्छ । यस्तो ब्रा आविस्कार गर्ने समूहकी एक एसआरएम विश्वविद्यालयकी मनिषा मोहनका अनुसार यो ब्राबाट ३ हजार ८ सय किलो भोल्टसम्मको झट्का आउनेछ । जुन झट्काले महिलामाथि बलात्कार गर्न उद्यत पुरुषलाई झण्डै मृत्युको मुखमै पुर्याउनेछ । जसले साँच्चीकै महिलामाथि हुने यौनजन्य हिंसा रोक्न ठूलो मद्दत गर्छ । – एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

विश्वको दोस्रो ठूलो हीरा भेटियो

२०८१ भाद्र ७ गते, शुक्रबार

खालिदले ५४६ केजी तौल घटाए !

२०८१ भाद्र ५ गते, बुधबार

जुम्राका कारण विमानको आकस्मिक अवतरण !

२०८१ श्रावण २२ गते, मंगलवार

मस्तिष्क भएको रोबोट निर्माण !

२०८१ असार २२ गते, शुक्रबार